वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण तान्सेनमा सम्पन्न ।।

कपिल देवकोटा
प्रकाशित : २०७८ मंसिर २८ गते १९:१७

मंसिर २८ , तान्सेन पाल्पा
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड पाल्पा शाखाले त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा ब्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरूलाइ वित्तीय साक्षरता सम्बन्धि प्रशिक्षण दिएको छ । कार्यक्रममा नेपाल बैंक पाल्पाका कर्मचारी रमेश गाैतमले स्वागत मन्तब्य राख्नुभएको थियोे । कार्यक्रममा नेपाल बैंक लिमिटेडका मुख्य प्रबन्धक सुशील कुमार नेपालले पाल्पा शाखाले अाज त्रिभुवन क्याम्पसमा ब्यवस्थापन संकायका विद्यार्थी माझ वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम ल्याएर उत्कृष्ट कार्य गरेको कुरा व्यक्त गर्दै विद्यार्थीहरूलाइ बैंक सम्बन्धि थप ज्ञान हासिल गर्न र माेबाइल बाट नै बैंकिङ काराेबार गर्न आग्रह गर्नुभयाे । यस्तै प्रशिक्षण कार्यक्रममा क्याम्पसका बि बि एम का काेडिनेटर राजेश्वर उदय र सहायक क्याम्पस प्रमुख सन्ताेष खनालले बैकलाई धन्यवाद दिदै विद्यार्थीले थप नयाँ कुरा सिक्ने माैका पाएकाेमा खुसि व्यक्त गर्नुभयो । यसैगरी नेपाल बैंकका पाल्पा शाखा प्रमुख सुरज घिमिरेले प्रशिक्षण दिदै नेपाल सरकारकाे ५१ प्रतिशत शेयर रहेको यस बैंक बाट वित्तीय काराेबार गर्न र जाे काेहिले पनि अाफ्नाे अाम्दानीकाे केही प्रतिशत बचत गर्न आग्रह गर्दै बैंक तथा वित्तीय संस्था संग वित्तीय काराेबार गर्नु नै वित्तीय साक्षरता हाे भन्नु भयाे । नेपाल बैंककाे हाल २१३ शाखा रहेकोमा अगामि दिनमा २३० शाखा पुर्‍याउने लक्ष्य रहेको कुरा उल्लेख गर्दै प्रशिक्षक घिमिरेले विद्यार्थीहरूकाे लागि यस बैंकले शुन्य शुल्कमा खाता खाेल्नकाे लागि नेपाल बैंक शुभ ज्ञान बचत खाता सञ्चालनमा ल्याएको कुरा व्यक्त गर्नुभयो । बैंककाे पाल्पा शाखाकि कर्मचारी अमृता अर्यालले सञ्चालन गर्नुभएको कार्यक्रम क्याम्पसका निमित्त क्याम्पस प्रमुख कृष्णबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियोे ।


प्रकाशित : २०७८ मंसिर २८ गते १९:१७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology