अध्यक्ष मेनेजर हरुको क्षेमता विकाष तालिम पूर्वखोला वीरकोटमा सम्पन्न ।

Kandara News
प्रकाशित : २०७८ पुष १८ गते १८:२२

सिमा श्रेष्ठ
बिरकोट
पूर्वखोला गाउँपालिका वीरकोटमा सामुदायिक विकास कोषका अध्यक्ष मेनेजर हरुको दुई दिने तालिम वीरकोट वडा भवनमा समापन भएको छ। पुर्बखोला गाउँ पालिका पाँच वीरकोटको वडा भवनमा पूर्वखोला गाउँ पालिकाको आयोजना र सामुदायिक बिकास कोष समितिको सहजिकरणमा पूर्वखोला गाउँ पालिका पाँच वीरकोटमा संचालित सामुदायिक विकास कोषका अध्यक्ष तथा मेनेजरहरुका लागि क्षमता अभिबृद्वि समबन्धि दुई दिने तालिम हिजो उद्घाट गरेर शुरुवात भएको थियो तालिममा संस्थाको खाता कसरी भर्ने ? योजना माग गर्दा के के भर्नु पर्ने ? कसरी माग गर्ने? लगानी कसरी गर्ने? समुहका सदस्यहरुलाई कसरी सक्रिय गराउने भन्ने समबन्धमा गंगा बहादुर सारुले तालिम सहजिकरण गरेको हो ।तालिम समापन कार्यक्रमका प्रमुख अतिथि पूर्वखोला गाउँ पालिकाका अध्यक्ष नुन बहादुर थापाले गर्नु हुँदै तालिमा सिकेका कुरालाई व्यवाहरमा रुपान्तरण गर्नु पर्ने बताउनु भयो । थापाले समाजमा परिचालन रहेका यी ३२ वटा संस्थाका अध्यक्ष तथा मेनेजरले मात्र गरेर हुदैन त्यसमा रहेका सबै सदस्यहरूले सक्रियता देखाई काम गर्न सक्नु पर्छ बल्ल हाम्रो घर ,टोल,समुदाय , गाउँ हुँदै देशको बिकास हुन्छ । बचत गर्न धेरै ठूलो रकम नभए सानो बाट नै शुरु गर्न राम्रो हो तल्लो स्तर सदस्यहरूलाई ख्याल गरेर सामुहिक बचत गर्नु पर्ने कुरा बताउनु भयो ।
कार्यक्रममा वडा सदस्य कृष्ण श्रेष्ठ , पार्वती हिताङ , सल्लाकार मुत्त बहादुर सिंजाली , शिव श्रेष्ठ लगाएतले तालिम बाट सिकेका कुरालाई व्यावरमा लागू गर्नु पर्ने बताउनु भयो ।
५५ जना सहभागी उपस्थिति भएको तालिममा सहभागीको तर्फबाट संस्थाका अध्यक्ष पुर्ण बहादुर सारु र टोपलीसरा सारुले आफुले धेरै कुरा सिक्न पाएकोमा आयोजक र सहजिकरण गर्ने संस्थालाई धन्यबाद दिनै आ आफुले सिकेका कुरालाई समुहमा सिकाउने प्रतिबद्वता जनाउनु भयो । यम प्रसाद श्रेष्ठको संचालन र दुर्ग बहादुर सारुको स्वागत मनतब्य बाट शुरु भएको समापन कार्यक्रममा कोषका अध्यक्ष मन नारायण श्रेष्ठको अध्यक्षतामा भएको हो ।


प्रकाशित : २०७८ पुष १८ गते १८:२२

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology