हितैषी ऋण तथा सहकारी संथाको १३ अौं साधारणसभा समपन्न ।

सिमा श्रेष्ठ
प्रकाशित : २०७८ पुष २५ गते २१:३५

पूर्बखोला गाउँ पालिका ५ वीरकोटमा रहेको हितैषी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रम सहित सास्कृतिक कार्यक्रम का साथ आफ्नो १३अौ साधारणसभा समापन गरेको छ । प्रमुख अतिथि पूर्बखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले ब्यानर पढेर उद्वघाटन गर्नु भएको थियो प्रमुख अथिती प्रमुख अतिथि नुन बहादुर थापाले आफू ,आफ्नो परिवार , आफ्नो गाउँ ठाउँको समाजको र देशको नै बिकास हुन चाहाना राख्छ भने त्यो लक्ष्य र उदेश्यमा पुग्न र पुर्‍याउन सानो बचत र लगानीगरी यस्तै सहकारी संस्थाबाट नै अगाडि बढ्नुपर्छ जस्तै पानीको थोपाथोपाले सागर भएजस्तै सानो बचत बाटै नै मानिसमा ठूलो बिकासको परिबर्तन ल्याउन सक्ने कुरालाई जोडदिनुभयो । वडा अध्यक्ष धन बहादुर सिंजाली , वडा सदस्य याम बहादुर सारु ,गणपति माध्यमिक बिधालयका प्रधानाध्यापक बिष्णु कुमार पल्ली ,जनकल्याण आधारभुत बिधालयका प्रधानाध्यापक मन बहादुर गाहा ,मुक्त बहादुर सिंजाली ,प्रेम सिं गैरे लगायतका ब्याक्तिहरुले शुभकामना मनतब्य राख्नु भयो । तिर्थ बहादुर सारुको संचालन र उपाध्यक्ष चन्द्रसिं बर्मेलीको स्वागत मनतब्य बाट शुरुभएको साधारण सभा संस्थाका अध्यक्ष तथा वडा सदस्य कृष्णप्रसाद श्रेष्ठको अध्यक्ष्ातामा चलेको हो ।


प्रकाशित : २०७८ पुष २५ गते २१:३५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology