समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीहरुलाई फेरि सङ्घीय निजामती सेवामा फर्काउन नमिल्ने फैसला

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७८ माघ १२ गते २३:०३

काठमाडौँ । सर्वोच्च अदालतले समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीहरुलाई फेरि सङ्घीय निजामती सेवामा फर्काउन नमिल्ने फैसला गरेको छ ।

आफूहरुलाई गलत रुपमा समायोजन गरिएको भनी दाबी गर्दै शाखा अधिकृतहरुले दिएको निवेदन सर्वोच्चले खारेज गरेको हो ।

सर्वोच्चका तीन सदस्यीय पूर्ण इजलासको यो फैसलासँगै प्रदेश र स्थानीय तहमा समायोजित कर्मचारी संघीय निजामती सेवाको सोही पदमा फर्किने बाटो बन्द भएको छ । यसअघि सर्वोच्च अदालतका विभिन्न इजलासले दिएको अन्तरिम आदेशले उनीहरू सङ्घमै फर्किएका थिए । तर पूर्ण इजलासबाट अन्तरिम आदेशसमेत बदर गर्ने निर्णय आएसँगै उनीहरू समायोजन भएकै ठाउँमा फर्किनुपर्ने अवस्था आएको छ ।

न्यायाधीशहरू डा. आनन्द मोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले प्रदेश र स्थानीय तहमा समायोजन भएर गएका कर्मचारीहरूको सिट सुरक्षित राख्नु भनी लोक सेवा आयोगका नाममा जारी गरेको अन्तरिम आदेश खारेज गरेको छ ।


प्रकाशित : २०७८ माघ १२ गते २३:०३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology