जल्पाको लाबेमा स्वास्थ्य इकाई सञ्चालनमा,आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुने

Kandara News
प्रकाशित : २०७८ माघ २३ गते २०:३६

माघ २३,लाबे,पाल्पा
पूर्वखोला गाउँपालिका वडा नं २ जल्पा लाबेमा जल्पा स्वास्थ्य सामुदायिक इकाईको उद्घाटन गरिएको छ ।
आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने उद्देश्यले पूर्वखोला गाउँपालिका वडा नं. २ लावेमा जल्पा स्वास्थ्य सामुदायिक इकाईको स्थापना गरिएको हो ।
जल्पा स्वास्थ्य इकाईको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवम् पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले ईकाई उद्धघाटन गर्दै पूर्वखोला गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर अघि बढेको बताउनु भयो । उहाँले यस अघि पूर्वखोला-१, सिलुवा तामाखानी , पूर्वखोला-५ वीरकोट भर्से, पूर्वखोला गाउपालिका-२,जल्पाको साठिकोल र पूर्वखोला-३ रिङ्नेरहको अर्खलडाँडामा सामुदायिक स्वास्थ्य ईकाई स्थापना भई सेवा प्रवाह भईरहेको बताउनु भयो । थापाले यो स्वास्थ्य ईकाई स्थापना पछि यस क्षेत्रका नागरिकहरुलाई प्राथमिक उपचारको लागि धेरै टाढा धाउनु पर्ने समस्या टरेको बताउनु भयो । उहाँले पूर्वखोला गाउँपालिका स्वास्थ्य क्षेत्र मात्र नभएर शिक्षा ,यातायात, कृषि, खानेपानी, पर्यटन क्षेत्रको विकासमा समेत लागि परेको बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथि एवम् पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागरथी भट्टराईले यस क्षेत्रबाट स्वास्थ्य चाैकीसम्म पुग्ने बाटो भौगोलीक हिसाबले केहि कठिनाई रहेको र आधारभूत स्वास्थ्य क्षेत्र यहि ठाउँमा आएकोमा स्थानीय जनसमुदायमा प्रत्यक्ष लाभ पुग्ने बताउनु भयो । उपाध्यक्ष भट्टराईले स्वास्थ्य समस्या हुने कयौं महिला दिदिबहिनीहरुका लागि यस क्षेत्रमा इकाई बने संगै स्वास्थ्य जिवनमा थप टेवा पुग्ने बताउनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सद्स्य इश्वरी न्यौपाने ले स्वास्थ्य प्रत्येक व्यक्तिको लागि आवश्यक र अपरिहार्य सेवा रहेकोले लाबेमा स्वास्थ्य ईकाई संचालन हुँदा गौरव गरेको बताउनु भयो ।


कार्यक्रमका पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले यस ईकाई बाट तत्काल औषधी उपाचार गर्ने भन्दा स्वास्थ्य परामर्श तथा प्राथमिक उपचार दिने रहेको र स्वास्थ्य इकाईहलाई थप व्यवस्थित गर्दै लैजान आफुले प्रयत्न गर्ने बताउनु भयो । शाखा प्रमुख ढकालले यस इकाई बाट ३५ थरिको औषधि उपलब्ध हुने बताउनु भयो ।
कार्यक्रममा रिङ्नेरह स्वास्थ्य चौकि प्रमुख श्रीराज आचार्य ,हेक्लाङ स्वास्थ्य चौकि प्रमुख अमृतश्रेष्ठ लगायतले आ आफ्ना भनाई व्यक्त गर्नुभयो ।


कार्यक्रममा स्वास्थ्य कर्मीहरु, शिक्षकहरु स्थानीय संघ संस्थाका प्रतिनिधिहरु, महिला स्वास्थ्य स्वयम सेविकाहरु, स्थानिय व्यत्तिहरुको उपस्थित रहेको थियो । कार्यक्रम मलिसा सारूको स्वागत मन्तव्य ,जल्पा स्वास्थ्य संथा व्यवस्थापन समितिका अध्यक्ष तथा वडा न-२,जल्पाका वडा अध्यक्ष नीर बहादुर सारुको अध्यक्षतामा जल्पा स्वास्थ्य चौकी प्रमुख पदम दर्लामीको संचालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७८ माघ २३ गते २०:३६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology