नेपाली काँग्रेस पाल्पाले जिल्लाको सबै वडामा कार्यक्रम सहित प्रजातन्त्र दिवस मनायो ।

कपिल देवकोटा
प्रकाशित : २०७८ फागुन ७ गते १९:५९

कपिल देवकोटा फागुन ७ पाल्पा नेपाली काङ्ग्रेस पाल्पाका ८१ वटै वडामा ७२अाै प्रजातन्त्र दिवसको अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ। यस्तै वडा कार्यसमिति जल्पाले पनि भब्यताका साथ राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस पाल्पाका महासमिति सदस्य तथा लुम्बिनी प्रदेश सदस्य कृष्णप्रसाद अधिकारीले यस वडामा नेपाली काङ्ग्रेसलाई विजय गराउनकाे लागि सबै नेता कार्यकर्ताहरू सकृय हुनुपर्ने र जनता माझ लोकप्रिय हुँदै अघि बढ्नु पर्ने कुरा राख्दै प्रजातन्त्र स्थापना गर्नकाे लागि लड्दा ज्यान गुमाउनु हुने सम्पूर्ण सहिदहरू प्रती सम्मान ब्यक्त गर्नुभयाे । यसैगरी कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्र नं १ ख का प्रदेश महाधिवेशन प्रतिनिधि अनिरुद्र खनालले यस वडामा काङ्ग्रेसलाई विजय गराउन अाफुले धेरै प्रयास गरिरहेकाे कुरा राख्नु भयाे । यस्तै कार्यक्रममा डि. एल . ए. पाल्पाका अध्यक्ष शिव प्रसाद देवकोटा , प्रदेश ख नेपाली काङ्ग्रेसका सचिव निलकण्ठ देवकोटा , जल्पाका वडा सभापति रन बहादुर रखाल , नेपाली काङ्ग्रेस पूर्वखाेलाका उपसभापति मेघराज न्याैपाने लगायतले शुभकामना दिनुभयो । यसैगरी प्रजातन्त्र दिवसको अवसर पारि पूर्व वडा सभापतिहरू कमल राज खनाल , शेषकान्त देवकोटा , उमानाथ देवकोटा , पदम बहादुर थापा , अनिरुद्र खनाल तथा वर्तमान सभापति रन बहादुर रखाल कृयाशिल सदस्य अम्मर सिंह राना लाई प्रमाण पत्र सहित सम्मान गरिएकाे छ। सहिदको सम्झनामा १ मिनेट माैन धारण समेत गरिएको थियाे । कपिल देवकोटाले सञ्चालन गर्नुभएको कार्यक्रम वडा सभापति रन बहादुर रखालकाे अध्यक्षतामा सम्पन्न भएकाे थियो ।


प्रकाशित : २०७८ फागुन ७ गते १९:५९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology