नेकपा एस निकट पेशागत महासंघ नेपालको जिल्ला कार्य समिती गठन

Kandara News
प्रकाशित : २०७८ फागुन १४ गते १८:१६

तानसेन /१४ फाल्गुन ,२०७८ ।
नेकपा (एस) निकट पेशागत महासङ्घ नेपाल पाल्पा जिल्ला कार्य समिति मीन प्रसाद बन्जाडेको अध्यक्षतामा गठन भएको छ । समितिको उपाध्यक्षमा महेश्वर पन्त ,महिला उपाध्यक्षमा रश्मी श्रेष्ठ, सचिवमा खिमराज घिमिरे कोषाध्यक्षमा राम प्रसाद भट्टराई , सदस्यहरुमा सुजन कार्की ,आरबी रायमाझी , सुभास अधिकारी ,भवानीशंकर पाण्डेय् तथा आवद्ध घटकका अध्यक्षहरू पदेन सदस्य रहनु भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेकपा (एस) का केन्द्रिय सदस्य यादब ब. रायमाझी, नेपाल किसान महासङ्घका रासस जगन्नाथ नेपाल , नेपाल खेलकुद महासङ्घका सचिवालय सदस्य बसन्त जी आर, युवा संघ केन्द्रिय सदस्य पदम गैरे र PNNTA केन्द्रिय समिति सचिव अच्युतराज नेपालबाट शुभकामना प्रकट भएको थियो। कार्यक्रम पेशागत महासङ्घ कोनेप conep का लुम्बिनी प्रदेश बरिस्ठ उपाध्यक्ष खगराज अर्यालको अध्यक्षता र शिक्षक प्रकाश श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।
यसै गरी सोहि स्थानमा सम्पन्न शिक्षक भेलाले झलक रायमाझी संयोजक रहेको ३१ सदस्यीय प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन पाल्पा जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ ।


प्रकाशित : २०७८ फागुन १४ गते १८:१६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology