११२औ अन्तर्राष्ट्रिय महिला दिवस

रमा भण्डारी
प्रकाशित : २०७८ फागुन २४ गते ९:४९

पाल्पा , रामपुर
सबैजना साथ भएर नारी प्रतिको पूर्वाग्रह तोड्ने र समानताको आवाज बलियो बनाउने आग्रहका साथ भन्ने नाराका साथ सन् २०२२ को नारी दिवस मनाइदैछ ।

यो समाजका केही अपरिहार्य शक्ति, नारी शक्तिको । आमाको काख, दिदी(बहिनीको स्नेह, श्रीमती अनि मायालुको माया, यी सबै नारी पात्र अनि यिनको प्रगाढ मायाको पछ्यौरी भित्र नै एउटा पुरुषको जीवनका अवयवहरू चलायमान हुन्छन् ।आज तिनै नारीहरूको अन्तर्राष्ट्रिय दिवस, मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस, यस दिवसलाई महिला दिवस पनि भन्ने गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरूकताको दिवस पनि हो । र्राष्ट्रिय नारा सामाजिक व्याय र लैगिङक समानता दिगो विकासको सुनिष्चितता भन्ने नाराका साथ आज नारी दिवस मनाइदै छ ।

आजका दिन संसारभरि विभिन्न कार्यक्रमहरू गरेर सामाजिक, आर्थिक लगायत विकासका अन्य धेरै आयामहरूमा नारीहरूको सक्रिय सहभागिता अनि नेतृत्वको प्रशंसा गरिन्छ । संसारमा लैङ्गिक समानता विकसित भनिएका देशहरूमा पनि नारी उत्पीडन अनि असमानताका मुद्दाहरू लुकाएर बसिरहेका छन् । नेपालले भने यसपाला नारी समानतामा एउटा युगान्तकारी, गौरवशाली अनि संसारलाई नै उदाहरणीय कदम चालेर देखाइदिएको छ, ।

सन् १९१० मा डेनमार्कको कोपनहेगनमा भएको सर्मिक महिलाहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले सर्मिक महिला दिवस मनाउने प्रस्ताव एक मतले पारित गर्यो । तर सो सम्मेलनबाट कुन दिन मनाउने भनी दिन भने किटान गरेको थिएन । कोपनहेगन सम्मेलनमा विभिन्न देशका एक सयभन्दा बढी महिला प्रतिनिधिहरूले सहभागिता जनाएका थिए त्यस पछि दिवस मनाउन थालिएको हो । आज संसारले यस अर्थमा नारी दिवसको यो दिन नेपालीले राष्ट्रको महत्त्वपूर्ण नेतृत्व तहमा मातृत्वलाई गरेको छनौटलाई बेवास्ता गर्न सक्दैन । तर पनि कमजोर कानुनी प्रावधान अनि नेपाली समाजको पैतृक लैङ्गिक संरचनाका कारण दैनिक जसोका समाचारमा महिला हिंसाका कैयन घटना सार्वजनिक हुन्छन्, कति कानुनी उपचारको बाटोमा लाग्छन् भने कति घटना समाज मा लुकाइन्छ, दबाइन्छ ।

समाजमा व्याप्त अतिवादी सोच र सङ्कीर्ण धार्मिक चिन्तनबाट समाज यति ग्रस्त छ की २१ औ शताब्दीको यो अत्याधुनिक युगमा बोक्सीको आरोपमा मानव मलमूत्र खुवाइन्छ, जङ्गली सामाजिक संरचनाका छविहरू तब देखिन्छ जब एउटी महिला निरीह कुटिन्छिन्, पिटिन्छिन्, अपमानित हुन्छिन् । जहाँ नारी पूजिन्छिन त्यहाँ देवता रम्दछन् भन्ने छ तर समाज अझै पनि पुर्ण रुपामा परिर्वतन भउको छैन ।

एक फेर सोचौँ, हामीले हाम्रा दिदी(बहिनीहरुकालागि कत्तिको सहज अनि समान समाजको निर्माण गरिरहेका छौ चाहे हामी महिला हौं या पुरुष, नारी समानता कालागि हाम्रो भूमिका उत्तिकै महत्त्वपूर्ण छ ।

शौचालय देखि सदन सम्म नारी मैत्री स्वरहरू गुन्जियोस्, फेरि नारी समानता भनेको नारी र पुरुषहरू बिचको टक्कर वा द्वन्द्व नभएर अगुवार्इ गरिरहेको सामाजिक संरचनाले तोकिदिएको महिला पुरुषबिचको विरोधाभास परिधि, सीमा अनि समानतामा ठुलो दूरी हो जसलाई चिर्न नवपुस्ताले महत्त्वपूर्ण भूमिका खेल्न सक्नुपर्छ ।

नारीहरू आमा रूपका जीवित देवी हुन्, यो प्रकृतिको अनि सामाजचक्रको एउटा महत्त्वपूर्ण कारण हो, सुन्दरता अनि समानता दुवैको समानान्तर लहरहरू बढ्दै जाउन्, तमाम आमा, हजुरआमा, दिदी बहिनी समग्रमा नारी स्वरूपलाई धेरै शुभकामना।
सामाजिक व्याय र लैगिङक समानता दिगो विकासको सुनिश्चतता


प्रकाशित : २०७८ फागुन २४ गते ९:४९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology