नेकपा एमालेले पार्टी स्थापना दिवसको अवसरमा पूर्वखोलामा विविध कार्यक्रम सहित मनाएको छ ।

डिल्ली राज पंगेनी
प्रकाशित : २०७९ वैशाख ९ गते २०:४१

बैशाख ९, पाल्पा ,पूर्वखोला
नेपाल कम्युनिस्ट पार्टि एमालेले पार्टी स्थापनाको दिवस पारेर छलफल तथा अन्तरक्रिया कार्यक्रम पूर्वखोला ३ रिङ्नेरहमा सम्पन्न भएको छ । वि.स २००६ साल बैशाख ९ गते स्थापना भएको पार्टिको संथापक तथा पार्टी निर्माण मा योग्दान पुर्याउने अग्रज हरुको सम्झना गर्दै ७३ औं स्थापना दिवस मनाएको हो नेकपा एमाले गाउँकमिटिले जनाएको छ । स्थापना दिवसको अबसरमा बोल्दै नेकपा एमाले प्रदेश कमिटी सदस्य इशोरी प्रसाद न्यौपानेले पुस्पलाल श्रेष्ठ लगाएतको अगुवाईमा स्थापना भएको यस पार्टिले देशको परिवर्तनको महत्वपूर्ण भुमिका निर्वाह खेलेको बताउनु भयो । जनाताको रोजाईको पार्टी एमाले बन्न सफल भएको बताउनु भयो । उहाँले स्थानिय तहको निर्वाचनमा एमाले अग्र स्थानमा रहेर विजय हासिल गर्ने बताउनु भयो ।
कार्यक्रममा पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले पार्टी स्थापना दिवसको अबसरमा पार्टिमा योग्दान पुर्याउनु भएका व्यत्तीहरुको प्रशम्सा गर्दै देशको मुहार फेर्ने पार्टी एमाले बाहेक अरु नभएको बताउनु भयो । कार्यक्रमा जिल्ला कमिटी सदस्य एवम पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागरथी भट्टराई , जिल्ला कमिटी सद्स्य सर्वजित वि.क , पालिकाका वडा अध्यक्ष , पालिका कमिटी अध्यक्ष लगाएतको उपस्थित रहेको थियो । जिल्ला कमिटी सद्स्य कृष्ण प्रसाद भट्टराई को संचालन र नेकमा एमाले गाउँकमिटि अध्यक्ष जीवन आचार्यको अध्यक्षता भएको हो । स्थापना दिवसको अवसरमा पार्टीमा छलफल उठेका कुराहरुको उत्तर दिदै अध्यक्ष आचार्यले यस अघि पूर्वखोला गाउँपालिकामा नेकपा एमालेले अध्याधिक बहुमत सहित प्रतिपक्ष विहिन जितेकाले अहिलेको स्थानिय तहको चुनावमा त्यसलाई अझ बढी मतान्तर सहित प्रतिपक्ष विहिन विजयी हुने बताउनु भयो ।


प्रकाशित : २०७९ वैशाख ९ गते २०:४१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology