पूर्वखोला गाउँपालिकाले आधारभुत तह कक्षा ८ को नतिजा सार्वजनिक गरेको छ ।

डिल्ली राज पंगेनी
प्रकाशित : २०७९ वैशाख २० गते २१:४६

पूर्वखोला गाउँपालिकाले आधारभुत तह कक्षा ८ को नतिजा सार्वजनिक गरेको छ ।
पाल्पा पूर्वखोला गाउँपालिकाले आधारभूत तह कक्षा ८ को नतिजा सार्वजनिक गरेको छ । पूर्वखोला गाउँपालिकामा बैशाख २ देखि बैशाख ९ सम्म बार्षिक परीक्षा संचालन भएको थियो । स्थानिय तह अन्तरगत कक्षा ८ को परिक्षालाई मिनि एस ई ई अनुसार परीक्षा केन्द्र होम सेन्टर विद्यालय , केन्द्राध्यक्ष सोही विद्यालयको प्रधानाध्यापक र निरक्षक फरक विद्यालयको व्यवस्था गरि परीक्षा संचालन गरेको पूर्वखोला गाउँपालिका शिक्षा अधिकृत डिल्ली राम ढुङानाले बताउनु भयो । ढुंगाना ले विद्यार्थीको कापी गाउँपालिकामा संकलन गरि परिक्षण गरि बैशाख २० गते नतिजा सार्वजनिक गर्ने निर्णय बमोजिम सार्वजनिक गरेको बताउनु भयो । कक्षा ८ को बार्षिक परिक्षाम ३५९ जना विद्यार्थी परिक्षामा सहभागी भएकोमा ३१३ जनाले कक्षा ९ मा भर्ना हुने गरि उत्तीर्ण भएको पूर्वखोला शिक्षा शाखा प्रा. स . विक्रम बस्नेतले जानकारी गराउनु भयो ।


प्रकाशित : २०७९ वैशाख २० गते २१:४६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology