रेडक्रस सोसाईटी हुदै उपाध्यक्ष सम्म, पुन: उपाध्यक्षमा उम्मेदवारी दिने भट्टराई को हुन् ?

डिल्ली राज पंगेनी
प्रकाशित : २०७९ वैशाख २१ गते २०:०१

रेडक्रस सोसाईटी हुदै उपाध्यक्ष सम्म, पुन: उपाध्यक्षमा उम्मेदवारी दिने भट्टराई को हुन् ?
वि.स. २०२७ साल भाद्र २७ गते बाबा जंगलाल न्यौपाने र आमा उमादेवी न्यौपानेको कोख बाट साविक जल्पा गाउँ विकास समितिको छाब्दीमा जन्मनुभएका भागरथी शर्मा भट्टराई को विवाह पूर्वखोला ३ साविक रिङ्नेरह गा.वि.स. भट्टराई टोलका सुरेश भट्टराई संग वि.स २०४४ सालमा भएको थियो ।
कक्षा ५ सम्म पूर्वखोला २ खैरेनी सरस्वती माध्यमिक विद्यालयमा, कक्षा ६,७ र ८ वग्नासकाली ३ आर्यभञ्झाङ् स्थित सिद्धि माध्यमिक विद्यालय र ९ र एस.एल.सि. उद्धबुद्ध मा.वि बाट गर्नु भएको भट्टराईको औपचारीक शिक्षा भने एस.एल.सि. पासमा सम्म मात्र रह्यो ।
विद्यार्थी काल देखि नै अनेरास्ववियु निकट रहेनु भएको भट्टराईको राजनैतिक सुरुवात भने नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृ संगठन अनेमसंघ वि.स. २०५३ देखि सदस्य भै काम पश्चातलाई लिनु हुन्छ । वि.स. २०६० देखि नेपाल कम्युनिष्ट पार्टी एमालेको पार्टि सदस्यता लिई ईलाका कमिटि सदस्य हुदै जिल्ला कमिटि सदस्य सम्म रहनु भएको छ । हाल भट्टराई नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटि सचिवालय सदस्यको रुपमा समेत रहनु भएको छ ।
वि.स. २०४९ देखि वि.स. २०५३ सम्म नेपाल रेडक्रस सोईटी जब्गादी शाखाका काम गरी रिङ्नेरह र सिलुवा क्षेत्रमा काम गरेको भट्टराई २०७४ सालको स्थानीय तहको चुनाबमा पूर्वखोला गाउँपालिकाको उपाध्यक्षमा विजय भई काम गर्नु भएको थियो । भट्टराईले पूर्वखोला गाउँपालिकामा शुन्य होम डेलीभरी, विविन्न किसिमका स्वास्थ्य सेवाहरुलाई सुर्लव तथा सेवा प्रधान गरेको बताउदै महिलाहको क्षेमता विकासमा विभिन्न तालिम हरुको संचालन गरेको भागिरथी भट्टराई बताउनु भयो ।
भागिरथी भट्टराई २०७९ सालको स्थानीय तहको निर्वाचनमा पून पूर्वखोला गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाल कम्यस्निष्ट पार्टी एमाले बाट उम्मेदवारी दिनु भएको छ । भट्टराईले समग्र गाउँपालिकाको विकास निर्माणमा सदैव हातेमालो गर्दै अघि बडने बताउदै उहाले महिला दिदिबैनिहरुको नेतृत्व क्षेमतामा जोड दिदै अवसर पाए पूरुषले सरह काम गर्न सक्ने प्रत्याभुतिको विकासमा जोड दिएर काम गर्ने बताउनु भयो । भट्टराईले पालिको समृद्धको लागि शिक्षा, स्वास्थ्य , सिंचाई, यातायात, पर्यटन, कृषी आदिलाई प्राथमिता दिएर काम गर्ने बताउनु भयो ।


प्रकाशित : २०७९ वैशाख २१ गते २०:०१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology