पूर्वखोला गाउँपालिका वडा न १ सिलुवामा नेकपा एमालेको प्यानलनै विजय ।

डिल्ली राज पंगेनी
प्रकाशित : २०७९ वैशाख ३१ गते १५:२७

पूर्वखोला गाउँपालिका वडा न १ मा सिलुवामा नेकपा एमालेको प्यानलनै विजय ।
स्थानिय तह निर्वाचन यही ३० गते सम्मन्न भएको थियो पूर्वखोलामा ३० गते राती १ बजे देखि नै पूर्वखोला गाउँपालिका १ सिलुवाको मत गणना सुरु गरेको थियो । सिलुवामा जम्मा २०८१ मत खसेको थियो । जस्मा वडा अध्यक्षमा नेकपा एमाले बाट उम्मेदवार दिनु भएका गिरिमान आलेले १४ सय ८८ मत ल्याई बिजय बन्नु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चुम बहादुर पुलामीले चार सय ८६ मत प्राप्त गर्नु भएको छ । त्यस्तै वडासद्स्यमा नेकपा एमालेकै रितमान श्रेष्ठ , पूर्ण बहादुर गाहा, समुन्द्रा भारती , अस्मिता वि.क ले विजय हासिल गर्नु भएको छ । पालिका अध्यक्षमा नेकपा एमाले बाट उम्मेदवारी दिनु भएका नुन बहादुर थापाले १४ सय ४१ मत र गठबन्धन को तर्फ एसका मीन प्रसाद गीरीले चार सय एक र मंगोलका मोहोन सिं सारुले ३ मत र जसपाक विपिन सारुले शून्य मत प्राप्त गर्नु भएको छ । पालिका उपाध्यक्षमा भने नेकपा एमाले बाट उम्मेदवारी दिनु भएको भागरथी भट्टराईले एक हजार ४ सय ७७ मत ल्याउनु भएको छ भने गठबन्धन बाट चुनाब लड्नु भएका नेपाली काँग्रेस पालिका कमिटी सभापती विष्णु माया आचार्यले चार सय ८४ मत प्राप्त गर्नु भएको छ । हाल पूर्वखोला गाउँपालिका वडा न २ को मत गणना जारी रहेको छ ।


प्रकाशित : २०७९ वैशाख ३१ गते १५:२७

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology