निस्दीमा नेकपा एमालेको क्लिन स्विप

धन बहादुर ठाडा
प्रकाशित : २०७९ जेठ २ गते १७:३२

पाल्पा – स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत निस्दी गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी एमालेका उम्मेदवार मुक्त बहादुर सारु विजयी हुनुभएको छ ।

निर्वाचित अध्यक्ष सारुले ६ हजार ६ सय ५२ मत प्राप्त गर्नुभएको छ । सारुले निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द प्रसाद अर्याललाई ३ हजार १ सय ८६ मतान्तरले पराजित गर्नुभएको हो । पराजित गोविन्द प्रसाद अर्यालले ३ हजार ४ सय ६६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपाध्यक्षमा नेकपा एमालेका तिरन कुमारी श्रेष्ठ ६ हजार ६ सय ३८ मतसहित विजयी हुनुभएको छ । गठनबन्धबाट माओवादी केन्द्रका उम्मेदवार राम प्रसाद खत्रीले ८ सय ३० मत ल्याउनु भएको छ ।

निर्वाचन अधिकृतका अनुसार निस्दीको सातै वडामा नेकपा एमालेको प्यानलले विजयी हासिल गरेका छन । वडा नम्बर १ मा यम बहादुर राना, २ मा फत्ते सिं दर्लामी , ३ मा नविन्द्र सोती , ४ मा सन्तबीर सुनारी , ५ मा दुर्गा बहादुर सोमै, ६ मा मेख बहादुर सुनारी र ७ मा मुक्त बहादुर पाटा विजयी भएको निर्वाचन अधिकृत दुर्गा प्रसाद बस्यालले जानकारी दिनुभएको छ । यता मंगोल नेशनल अर्गनाइजेसनबाट पालिका अध्यक्षका उम्मेदवार निरञ्जन सुनारीले ३४ मत प्राप्त गर्नुभएको छ । भने जनता समाजवादीका अध्यक्ष उम्मेदवार राजकुमार गाहाले १० मत प्राप्त गर्नुभएको छ ।

निस्दीमा २०७४ सालको निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष सहित ५ वटा वडामा नेकपा एमालेले विजयी गरेका थिए । वडा नम्बर १ र ७ नेपाली कांग्रेसले जितेका थिए ।


प्रकाशित : २०७९ जेठ २ गते १७:३२

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology