नगरबासिको समृतिको लागि दिर्घकालिन योजना बनाएर अघि बड्ने नव निर्बाचित थापा ।।

रमा भण्डारी
प्रकाशित : २०७९ जेठ ७ गते २०:२१

जेठ ७ रामपुर पाल्पा

सीताकुण्ड मिडिया प्रा।लि।को आयोजनामा भएको पत्रकार भेटघाटमा रामपुर नगरपालिकामा निर्वाचित नगर प्रमुख रमण बहादुर थापाले नगरबासीको समृद्धिको लागि दिर्घकालिन योजना बनाएर अगाडी बढ्ने बताउनु भएको छ । थापाले कार्यक्रममा अब योजना बद्ध रुपमा विकासमा केन्द्रित हुने प्रतिवद्धता जनाउनुभयो ।
थापाले यस अघि संक्रमणकालीन अवस्थामा पनि खरको छाना रहित नगर, ढल रहितको शहर, उज्यालो नगर, युवा स्वरोजगार अन्तर्गत व्याज अनुदान, गौशाला निर्माण, शीतभण्डार लगाएतका अनुकरणीय कार्यलाई अघि बढाएको स्मरण गर्दै कालीगण्डकी नदी किनारका धार्मिक स्थल संग जोड्ने पैदलमार्ग निर्माण, एक घर एकधारा कार्यक्रमलाई पूर्णता दिने, कालीगण्डकीमा जलयात्रा सुचारु गर्ने लगाएतका योजना अघि सार्ने बताउनुभयो । नगर भित्रका श्रमिकहरुको लागि अनिवार्य विमा लागु गर्ने, मजदुरहरुको व्यवस्थापनको लागि मजदुर गृह निर्माण गर्ने, मजदुरहरुको ज्यालामा एकरुपता ल्याउने, जेष्ठ नागरिकहरुको लागि जेष्ठ नागरिक स्याहार केन्द्र सञ्चालन, सामाजिक सुरक्षा भत्ता लिन जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएकाहरुलाई निशुल्क यातायातको व्यवस्था गर्ने योजना ल्याउने बताउनुभयो ।
साथै थापाले शहरलाई व्यवस्थित बनाउन हाउजिङ्ग निर्माणमा जोड दिने, एक वडा एक कलरको कार्यक्रम सञ्चालन गर्ने, पर्यटन प्रवद्र्धनका लागि खैरेनी वनमा गिद्धरेष्टुरेण्ट स्थापना गर्ने, फोहोर दिर्घकालिन व्यवस्थापन गर्ने, बजार क्षेत्रको सडकलाई सुन्दरता प्रदान बताउनुभयो । थापाले सकारात्मक रुपमा सहयोग गर्न सञ्चारकर्मीहरुलाई अनुरोध गर्नुभयो ।
पत्रकार भेटघाटमा उपप्रमुख बालकुमारी थापाले ५ वर्षे कार्यकाल नगरबासीको सेवामा निष्पक्ष र अनुसाशित ढंगले समर्पित हुने बताउनु भयो । उहाँले कार्यपालिकामा रहेर ५ वर्षमा लिएको अनुभव संगै विज्ञहरुको सल्लाह र अग्रजहरुको सुझाव अनुसार अघि बढ्ने अठोट गर्नुभयो । न्याय र विकासका लागि विचारको आधारमा विभेद नगरी अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराईले पत्रकारहरुलाई सही सुचना सम्प्रेषणमा ध्यान दिन आग्रह गर्नुभयो । पत्रकार बासुदेव ढकालले शुभकामना दिदै सञ्चार माध्यम र सञ्चारकर्मीहरुको उत्थानका लागि आवश्यक कदम चाल्न अनुरोध गर्नुभयो । कार्यक्रममा रामपुर नगरपालिका क्षेत्रमा सक्रिय पत्रकारहरुले को सहभागिता रहेको थियो सीताकुण्ड मिडिया प्रा।लि।का अध्यक्ष दुर्गेश मल्लको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका सञ्चालक दान बहादुर हिस्कीले गर्नु भएको हो ।कार्यक्रम होटल श्रीनगरको सभाहलमा सम्पन्न भएको हो ।


प्रकाशित : २०७९ जेठ ७ गते २०:२१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology