खाँणदेवी आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिती तथा शिक्षक अविभावक संघ गठन

अमृत काम्मु मगर
प्रकाशित : २०७९ जेठ १३ गते १७:३८

पाल्पा,वीरकोट
१३ जेठ
पुर्वखोला-५,कर्नेडाँडामा रहेको खाँणदेवी आधारभूत विद्यालय (१-८) को नयाँ विद्यालय व्यवस्थापन समिती चयन भएको छ ।
विद्यालयमा आज आयोजित अविभावक भेलाबाट आगामी तीन वर्षका लागि सर्वसम्मत रुपमा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिती तथा ११ सदस्यीय शिक्षक अविभावक संघ चयन गरिएको हो । नवगठित विद्यालय व्यवस्थापन समितीको अध्यक्ष नुर बहादुर राना हुनुहुन्छ भने अन्य सदस्यहरुमा विष्णुमाया काम्मु,दानीसरा सारु,मनिषा लामिछाने,सरिता विक र मिलन कुमारी राना तथा शिक्षक प्रतिनिधि केशवराज देवकोटा रहनुभएको छ । शिक्षा ऐनले विद्यालय व्यवस्थापन समितीमा प्र.अ.लाई सदस्य सचिव र सम्बन्धित वडाका वडाध्यक्ष वा निजले तोकेको वडा सदस्य समितीको पदेन सदस्य हुने व्यवस्था गरेको छ ।
भेलाले चेत बहादुर काम्मुको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अविभावक संघ समेत गठन गरेको छ । अन्य सदस्यहरुमा भिम बहादुर बारघरे,दिल बहादुर काम्मु,सरिता विक,सुकमाया सारु,देवी काम्मु,सुकमाया काम्मु र पिपलीसरा काम्मु रहनुभएको छ भने शिक्षक प्रतिनिधि नीर बहादुर थापा हुनुहुन्छ । शिक्षक अविभावक संघमा विद्यालय व्यवस्थापन समिती अध्यक्ष र प्रधानाध्यापक पदेन सदस्य रहने प्रावधान रहेको छ ।
विद्यालय व्यवस्थापन समितीका निवर्तमान अध्यक्ष नुर बहादुर रानाको अध्यक्षता तथा प्रधानाध्यापक राधादेवी भट्टराईको सञ्चालनमा भेला सम्पन्न भएको थियो ।


प्रकाशित : २०७९ जेठ १३ गते १७:३८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology