घोषण गरे अनुसार ६० बर्ष पुग्नु भएका एकल पूरुषलाई भत्ताको व्यवस्था गर्दछौं ः — अध्यक्ष सारु

Kandara News
प्रकाशित : २०७९ जेठ १५ गते २३:००

घोषण गरे अनुसार ६० बर्ष पुग्नु भएका एकल पूरुषलाई भत्ताको व्यवस्था गर्दछौं ः — अध्यक्ष सारु
प्रेस चौतारी नेपाल पाल्पा शाखाले आयोजना गरेको निस्दीमा निर्वाचित जनप्रतिनिधिसंग पत्रकार भेटघाट कार्यक्रममा निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले चुनाव अगाडि घोषण गरे अनुसार ६० बर्ष पुगेका एकल पूरुषलाई    भक्ता  व्यवस्था गर्ने तथा पहेलो कार्ड प्राप्त गर्नु भएका व्यक्तिहरुलाई पालिका भित्र विशेष प्राथमिकता सहित भत्ताको व्यवस्था गरीने बताउनु भयो ।अध्यक्ष
मुक्त बहादुर सारुले निस्दी गाउँपालिकाको निर्वाचित भै सके पछि प्रेस चौतारीको कार्यक्रममा बोल्दै यस अघिको कार्यकालमा सम्पूण वडा कार्यलय देखि गाउँपालिकाको कार्यलय सम्मबो मोटर बाटो (सडक सञ्जाल) ले जोड्न सफल रहेको र यस बर्ष सडक सञ्जाललाई थप व्यवस्थि गदै लैजाने बताउनु भयो । अध्यक्ष सारुले वडा न ५ गल्धा को सबै स्थानमा , अर्चलेको एक गाउँबाहेक अरु सबै , ज्यामीरेको केहि भाग , मिल्यालको आधा भाग र झिरुवासको एउटा गाउँमा विजुलि बाल्न सफल भएको र बाँकि रहेको सबै भागमा यहि कार्यकालमा विजुलि बत्ति बाल्ने योजना रहेको बताउनु भयो । अध्यक्ष सारुले गाउँपालिकामा एक घर एक धारालाई पनि प्राथमिता दिएर काम गर्ने बताउदै , सडक कृषि , विद्युत , आर्थिक स्वरोजगार लगाएत क्षेत्रमा जनताले देखिने गरी काम गर्ने बताउनु भयो । पाँच बर्षे कार्यकालमा पालिकामा रहेका सम्पूर्ण नागरीकको जनभावनाको कदर गर्दै सबै संग प्ररामर्श गरी काम गर्ने समेत अध्यक्ष सारुले बताउनु भयो ।
पत्रकार भेटघाट कार्यक्रममा निस्दी गाउँपालिका उपाध्यक्ष तिरण कुमारी श्रेष्ठले आफुले यस अघि पनि थुरै काम हरु गरेको र अहिले एउटा जिम्मेवार पदमा निर्वाचित गराउनु भएको छ त्यसमा आफुले निस्दीका जनताहरुको लागि गर्न पर्ने कामहरु गर्ने बताउनु भएको छ । उपाध्यक्ष श्रेष्ठले महिलाहरुको हक हिकको लागि लागि विनियोजित गरेको रकम महिलाहरु बाटै प्ररिचालन गरेर महिलाहरुलेनै त्यसको लाभ लिने गरी काम गर्ने प्रतिबद्धता व्यत्त गर्नु भएको छ । श्रेष्ठले निस्दीको अधुवालाई अन्तराष्ट्रिय बजार स्तर सम्म पू¥याउन पहल गर्ने, बसाईसराईलाई कम गर्ने, विद्युतिकरणमा प्राथमिकता साथ लाग्ने बताउदै निस्दीको विकासमा सबैसंग हातेमालो गरेर अघि बड्ने बताउनु भयो ।
कार्यक्रममा वडा न ६ वडा अध्यक्ष मेक बहादुर सुनारीले खानेपानिको दिर्घकालिन समाधान, पूर्वधार विकासमा जोड दिने , अर्चलेमानै कक्षा १२ सम्म अध्यन गर्ने निर्बाचन भएको पहिलो बर्षमानै सुरुवात गराउने, लेक डाडालाई प्रर्यटन क्षेत्रको रुपमा विकास गर्ने, कृषि र पशुलाई प्राथकिता राखेर आर्थिक विकासमा पहल गर्ने लागायत समग्र निस्दीको विकासमा हातोमालो गर्दै अघि बढ्ने बताउनु भयो ।
कार्यक्रममा वडा न ५ वडा अध्यक्ष दुर्गा बहादुर सोमैले गल्धाले रामपुरको कृषि बजार धानिरहेको बताउदै अझ कृषिमा प्राथमिकता दिदै व्यमैसमि रुपमा पनि बजार धान्न सक्ने बताबरण निर्माणमा पहल गर्ने, सडकको स्तर उन्नतीलाई प्राथमिकता दिने, व्याबहारीक शिक्षामा जोड दिदै कक्षा ८ सम्मका विद्यार्थीको लागि खाजाको लागि पहल गर्ने , बेरोजगारीलाई स्वरोजगार बनाउन पहल गर्ने, महिला उध्यमीलाई जोड दिने बताउनु भयो ।
कार्यक्रममा वडा न ४ वडा अध्यक्ष सन्तविरर सुनारीले पहिलेको निस्दी र आजको निस्दीका फरक पन आएको बताउदै अहिलेको कार्यक्रममा खानेपानि , यातायात, विद्युत, कृषि, स्वास्थ्य, शिक्षा, संचारलाई प्राथकिता राखेर काम गर्ने बताउनु भयो । सुनारीले क्षेत्र र हावापानिको अवस्थाहेरेर कृषिमा आत्मर्निभरता हुने गरी काम गर्ने काम गर्ने बताउनु भयो ।
वडा न ३ वडा अध्यक्ष नविन्द्र थापा सोतीले समृद्धि निस्दी अभियानमा लाग्ने, विद्यालय शिक्षालाई आई सि टिको प्रयोगलाई प्राथमिकता साथ अगाडि बढाउने, विद्युतिकरणलाई प्राथमिकता साथ काम गर्ने, खानेपानि लगाएत घोषण पत्रमा भने अनुसार नै काम गर्ने बताउनु भयो ।
वडा न २ वडा अध्यक्ष फत्ते सिं दर्लामीले शिक्षा, स्वास्थ्य, खानेपानि, विजुलि, लगायतको क्षेत्रमा रहेर सबैसंग सल्ला गरेर अघि बडने बताउदै बार्षिक कम्तिमा पनि १० जना स्वराजगारी हुने गरी काम गर्ने बताउनु भयो ।
जनप्रतिनिधि संग प्रत्रकार भेटघाट कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्य भुवन थापा , हेम बहादुर खाम्चा, मिम्श्री बयम्बु, नेकपा एमाले पालिका कमिटि अध्यक्ष नर बहादुर सुनारी , पत्रकार माहासंघ जिल्ला शाखा सचिब यज्ञमूर्ती तिमिल्सिना लगाएतले नव निर्बाचित जनप्रतिनिधिले जन भावना अनरुप काम गर्नुपर्ने सुझाव सहितको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम प्रेस चौतारी पाल्पा शाखा अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा उपाध्यक्ष बन्दना पोखरेलको स्वागत र सचिब नारायण न्यौपानेको संचालनमा भएको हो ।


प्रकाशित : २०७९ जेठ १५ गते २३:००

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology