जल्पामा कृषि सामाग्री सहित हातेट्याक्टर वितरण ।

माधव पाण्डे
प्रकाशित : २०७९ जेठ १६ गते १८:१८

जल्पामा कृषि सामाग्री सहित हातेट्याक्टर वितरण

पूर्वखोला गाउँपालिका वडा न २ जल्पामा प्रधानमन्त्री कृषि अाधुनिकरण परियोजना ब्लक विकास कार्यक्रम र कृषि ज्ञान केन्द पाल्पाको सहयोगमा जल्पाका किसानहरुलाई १५ ओटा हाते ट्रयाक्टर (मिनी ट्रिलर ) वितरण भएको छ । हातेट्याक्टर संगै थोपा सिचाइ ४२ , स्प्रे ७ , पलास्टिक टनेल ६१, मन्चिङ पलाष्टिक ८१ रोल , सिचाइ पाइप ४ हजार मिटर र पोखरि पलास्टिक १५ साथै तरकारि विउ विजन भिटामिन विषाधी ५० प्रतिशात अनुदानमा वितरण गरीयको छ । कृषि सामाग्री कार्यक्रमका प्रमुख अथिति वडा अध्यक्ष निर बहादुर सारूले कृषकलाई कृषि जन्य सामाग्री बाट भरपुर फाईदा लिन सक्ने बताउनु भयो । सारुले कृषि मा व्यवसायीक उत्पादनमा जोड दिन समेत किसान हरुलाई अनुरोध गर्नु भएको थियो ।
कार्यक्रममा पूर्वखोला गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष कडेलले यस सामाग्री बाट जल्पामा थप कृषिजन्य बस्तु उत्पादनमा टेवा पुग्ने बताउनु भयो ।
कार्यक्रम महिला कृषि सहकारी सस्थाका अध्यक्ष चन्द्री सरा रखाललको अध्यक्षतामा संचालन भएको हो ।


प्रकाशित : २०७९ जेठ १६ गते १८:१८

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology