माथागढीमा पोषण मैत्री स्वास्थ्य संस्था घोषणका लागि अभिमुखिकरण ।

मायाँ बस्याल
प्रकाशित : २०७९ जेठ १६ गते १८:४३

पाल्पा- जिल्लाकाे माथागढी गाउँपालिकाकाे आयाेजना,रुप्से स्वास्थ्यचाैकीकाे समन्वय तथा सुआहारा कार्यक्रमकाे प्राविधिक सहयोगमा पाेषण मैत्री स्वास्थ्य संस्था घाेषणाका लागि अभिमुखीकरण कार्यक्रम माथागढी गाउँपालिका वडा नम्बर २ रुप्से स्वास्थ्य चाैकीमा गरिएको छ ।
कार्यक्रममा सुआहारा कार्यक्रमका कार्यक्रम अधिकृत विनोद कुमार पाेखरेलले प्रशिक्षण गर्दै पाेषिलाे खाना , शुद्ध पानी , साबुनपानीले हात धुने बानी , चर्पीकाे प्रयोग , फाेहाेर व्यवस्थापन , नेपालका सबै नागरिककाे पाेषणकाे अवस्था , पाेषणकाे परिचय , महत्त्व , पाेषण तत्वकाे आवश्यकता , आहार र कुपोषणकाे असर र कारण देखि बालबालिकाकाे पहिलो २ वर्षमा ८०% हुने दिमागकाे विकासको बारेमा प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणकै क्रममा गाउँपालिका स्वास्थ्य संयाेजक केशव जि सिले हरेक बार खाना चार त्यसमा पाेषिलाे खाना लगाएतका विषयमा थप स्पष्टता पार्नु भएको थियोे ।

कार्यक्रमका प्रमुख अतिथि एवम् गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले पाेषिलाे खानाले मानव जीवनका लागि महत्त्वपूर्ण भूमिका खेल्नुका साथै बालबालिकाकाे वृद्धि विकास एवम मातृ मृत्युदर घटाउने बताउनुभयो । हरेक बार खाना चारकाे सिद्धान्त अवलम्बन गर्नका लागि स्वास्थ्य स्वयंसेविकाले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । पाेषण मैत्री वडा घाेषणाका लागि १६ वटा इन्डिकेटर पूरा गर्नुपर्ने हुदा यसलाई बस्ती ,टाेल , समुदाय , समाज ,वडा पालिका सम्पूर्ण मिलेर एकजुट भई लाग्न सके समाज स्वास्थ हुने र उद्देश्य पूरा हुने कुरामा जाेड दिदै स्वास्थ जनशक्ति उत्पादन गर्नका लागि पाेषिलाे खानाको आवश्यकता पर्ने कुरामा जाेड दिनुभयाे । व्यक्ति स्वास्थ भए परिवार स्वास्थ्य हुने,परिवार स्वास्थ्य भएको समाज स्वास्थ्य हुने र समाज स्वास्थ्य भए मुलुक स्वास्थ्य हुने कुरामा जाेड दिदै स्वास्थ्य खानपिन र सरसफाइमा ध्यान दिन नागरिकहरूलाई आर्गह गर्नुभएको छ ।

कार्यक्रमका विशिष्ट अतिथि एवम् गाउँपालिका उपाध्यक्ष बिष्णु माया लुङ्चेले स्वास्थ्यकाे क्षेत्रबाटै आफू अहिले जनप्रतिनिधि भएर आएकाे बताउदै पाेषणकाे महत्त्व आवश्यकताकाे बारेमा समुदायमा सबैले साथ सहयोग भएको परिस्थितिमा कार्यले पूर्णता पाउने बताउदै स्वास्थ्य जीवनशैली र आहार विहारमा ध्यान दिन आर्गह गर्नुभयाे ।

कार्यक्रममा माथागढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवाली , वडा अध्यक्ष तथा स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष बाेम बहादुर ठाडा , वडा सदस्य वेलीसरा राना लगाएतले शुभकामना दिनु भएको थियो ।

रुप्से स्वास्थ्य चाैकी ईन्चार्ज विक्रम चिदीकाे स्वागत मन्तव्यमा सुरुभएकाे कार्यक्रम गाउँपालिका स्वास्थ्य संयाेजक केशब जि सिकाे सञ्चालन तथा स्वास्थ्य चाैकी व्यवस्थापन समिति अध्यक्ष एवम् २ नम्बर वडा अध्यक्ष बाेम बहादुर ठाडाको अध्यक्षतामा भएको हो ।


प्रकाशित : २०७९ जेठ १६ गते १८:४३

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology