नेपालको मौलिक शैली र विशेषता झल्कने संरचना सहितको नयाँ शहरको रुपमा रामपुरलाइ विकास गर्न अध्ययन शुरु गर्ने ;अर्थमन्त्रि शर्मा ।।

रमा भण्डारी
प्रकाशित : २०७९ जेठ १७ गते १८:५४

नेपालको मौलिक शैली र विशेषता झल्कने संरचना सहितको नयाँ शहरको रुपमा रामपुरलाइ विकास गर्न अध्ययन शुरु गर्ने अर्थमन्त्रि शर्मा ।।

जेठ १७, रामपुर पाल्पा
सरकारले पाल्पाको रामपुरलाइ नयाँ शहरको रुपमा विकास गर्ने भएको छ । आगामि आर्थिक वर्षको बजेट भाषणमा अर्थ मन्त्रि जनार्दन शर्माले बजेट भाषणमा यस्तो बताउनु भएको हो । मौलिक शैलि विभिन्न विशेष्ता झल्कने गरी नयाँ शहरको रुपमा विकास गर्न अध्यान गर्ने बताउनु भएको छ । पाल्पाको रामपुरलाइ नयाँ शहरको रुपमा विकास गर्ने संघिय संसादको बैठकमा बजेट प्रस्तुत भए पछि रामपुर बासी खुशि भएका छन् । विश्वको एक मात्र शालिकराम शिला पाइने कालिगण्डकी नदि र कालिगण्की करीडोर संग जोडिएको रामपुर भौगोलिक हिसावले डाँडाभेग समथरभुमि सगै नागबेलि जस्तो गरी बगेको कालिनदि सगै सबैको मन ल्योभ्याउने खैरेनी बन,ज्याग्दी बन , सिता कुण्ड,रामघाट र राममन्दिर तालपोखरा जस्ता रमणिय ठाउँ रहेका छन् । पछिल्लो समय रामपुरमा पूर्वाधारविकासको क्रम बड्दैगरेको अवस्थामा बाहिय र आन्तरीक पर्यटक दिनअनुदिन बढेको छ । नेपाल सरकारले २०७१ साल बैशाख २५ गते घोषणा गरेको ७२ नगरपालिका मध्ये रामपुर नगरपालिका पनि एक हो । १० वटा वडामा विभाजन गरिएको रामपुर नगरपालिकामा अहिले साविकका गाँडाकोट ,दर्छा,खालिबन,रामपुर र गेझा गाविस मिलाएर रामपुर नगरपालिका भएको हो । परापूर्व कालमा नुन, उन र सुनको व्यापारको पैदल मार्ग बनेको रामपुर अहिलेको औद्योगिक तथा व्यापारीक केन्द्रको सम्भाव्य क्षेत्रको रुपमा रहेको छ । रामपुर नगरपालिकाले १२३।३४ वर्ग कि।मि। क्षेत्र ओगटेको छ । पूर्वमा वकामलाङ्ग, पश्चिममा हेक्लाङ्ग, सिलुवा, विरकोट उत्तरमा काली नदी पारी स्याङ्गजाको चापाकोट नगरपालिका, तनहँुको घिरिंग गाउपालिका र दक्षिणमा पाल्पा जिल्लाको निस्दी गाउपालिका सिमानामा रहेका छन् । यस नगरपालिकाको २०६८ को जनगणना अनुसार कुल घरधूरी ८,१३२ जनसंख्या ३५,३९६ मध्ये महिला १९,९५८, र पुरुष १५,४३८ रहेको छ । त्रेता युगमा मर्यादा पुरुषोत्तम श्रीरामले मन पराएर बास गरेको भन्ने मान्यता रहेकोले यस स्थानको नाम रामपुर नामाकरण रहेको विश्वास गरिएको छ । यस नगरपालिका वातावरणीय र खोज अनुसन्धानका हिसावले पनि महत्वपूर्ण रहेको छ ।


प्रकाशित : २०७९ जेठ १७ गते १८:५४

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology