निस्दीको गल्धामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न ।।

धन बहादुर ठाडा
प्रकाशित : २०७९ जेठ २० गते १८:४८

 

पाल्पा – निस्दीमा निशुल्का स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय पाल्पाको आयोजना तथा निस्दी गाउँपालिकाको समन्वयमा शिविर भएको हो ।

जन्ता माध्यमिक विद्यालय गल्धा  ढुंगानावेशीमा भएको २ दिने शिविरमा २ सय ७२ जनाले सेवा लिएका छन । शिविरबाट १ जना कुष्ठ रोगी र १० जनामा शंकास्पद भेटिएको स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभएको छ । त्यसैगरी ३ जनामा भिआईए पोजेटिभ , २ जनामा सर्भाइकल पोलिप र १ जनामा सर्भाइकल सिस्ट पत्ता लगाएको छ । शिविरबाट ४ जना महिलाको पाठेघर खस्ने देखिएको छ । शिविरबाट २ जनाले रिङ प्रेसरी , १ जनाले सिस्टोसिल र २ जनाले इम्प्लान्ट सेवा राखेका संयोजक दिशाले बताउनुभएको छ ।

शिविर जेठ १९ र २० गते दुई दिन चालेको हो । स्वास्थ्य कार्यालय पाल्पाका डाक्टर राजेन्द्र गिरीको अध्यक्षतामा चालेको शिविरमा गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु , उपाध्यक्ष तिरन कुमारी श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले धन्यवाद प्रकट गर्नुभएको छ ।


प्रकाशित : २०७९ जेठ २० गते १८:४८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology