गाउँपालिका स्तरीय अन्तर बिद्यालय चित्रकला हेक्लाङ्गमा सम्पन्न।।

सिमा श्रेष्ठ
प्रकाशित : २०७९ जेठ २० गते १९:३१

गाउँपालिका स्तरीय अन्तर बिद्यालय चित्रकला हेक्लाङ्गमा सम्पन्न।

पुर्बखोला गाउँपालिका भित्र रहेका आधारभुत तह (कक्षा १-५) कक्षासम्ममा अध्यानरत बिधार्थीहरुका बिच बिद्यालयको दृश्य झल्किने बिषयमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

पूर्बखोला गाउँपालिकाको कार्यालय शिक्षा , युवा तथा खेलकुद शाखा पूर्बखोलागाउपालिका पाल्पा लुम्बिनी प्रदेशको आयोजनामा २५ वटा बिधालय सहभगी रहेको चित्रकाला प्रतियोगितामा प्रथम किसान प्राथमिक बिद्यालय पूर्वखोला १ सिलुवा, द्वितीय अकला आधारभुत बिधालय पूर्वखोला १ सिलुवा तामाखानी तृतीय मातृभुमि माध्यमिक बिद्यालय पूर्वखोला -४ देवीनगरको विद्यार्थीहरु भएका छन । प्रथम , द्धितीय , तृतीय लाई प्रमाणपत्र कपी र रकमले सम्मान गरिएको थियो ।

सहभागी बिद्यालय र बिद्यार्थीलाई कपी पेन र प्रमाणपत्रले सम्मान गर्दै मुख्य पाहुना पूर्बखोला गाउँपालिकाका उपाध्यक्ष भागीरथी भट्टराईले बोलेको शब्दहरुले भन्दा एक चित्रले धेरै कुरा बुझ्न प्रेरणा मिल्ने भन्दै साना बालबालिकाहरुमा लुकेका प्रतिभाहरुको प्रस्फुटन गरि अगाडि बढाउने उदेश्यले यो कार्यक्रम आयोजन गरेको बताउनु भयो । उपाध्यक्ष भट्टराईले प्रतियोगितामा सफल हुने तथा सभागी विद्यार्थीहरुलाई थप यस्ता खाल्का सृजना थप्दै जान आग्रह गर्दै शुभकामना व्यत्त गर्नु भएको थियो । कार्यक्रममा पूर्वखोला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर सारुले सबै बिधालयको विध्यार्थीहरुलाई हरे कृयाकलापमा सहभागी गर्दै लैजान अाग्रह गर्नु भयो

। शिक्षा शाखा प्राबिधिक साहेक बिक्रम बस्नेतको संचालन हेक्लाङ्ग वडा अध्यक्ष धन बहादुर घर्तीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रम शिक्षा अधिकृत डिल्लीराम ढुंगानाको अध्यक्ष्ातामा चलेको हो ।


प्रकाशित : २०७९ जेठ २० गते १९:३१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology