रम्भा कांग्रेसका सभापती अशोक एमाले प्रवेश

Kandara News
प्रकाशित : २०७९ जेठ २० गते १९:५१

रम्भा कांग्रेशका सभापती अशोक एमाले प्रवेश
नेपाली कांग्रेश रम्भा गाउँपालिका सभापती अशोक फाल नेकपा एमाले प्रवेश गर्नुभएको छ । नेपाली जनताको पार्टी एमालेनै रहेकोले जनताको सेवा एमाले पाटी संगठनवाट मात्र सम्भव रहेकोले एमालेमा प्रवेश गरेको उहाँले बताउनुभयो । सुरुमा राजनीतिक यात्र नेकपा एमालेलेवाटै गर्नुभएका फालले २०५३ सालमा विविध कारणले माओवादीमा प्रवेश गर्नुपरेको र पछि कांग्रेशमा रहेर पाटीको हितमा क्रियाशिल रहेको बताउनुभयो । उहाँले आफुलाइ भन्दा नयाँ पुस्ताको आर्थिक सम्वृद्धि र कार्यक्रकर्ता को व्यवस्थापनमा पाटी नलाग्ने अनि गुटउपगुटका वहानामा गरेको विभेदका कारण कांग्रेश छाड्नु परेको बताउनुभयो । उहाँले काँग्रेसमा    रहेका केहि नेताको दम्भको राजनीतिले पुरानै घरमा फर्कन पाउदाँ आफुलाई खुसीलागेको बताउनुभयो । उहाँले जनताको जनभावना अनुसार काम अगाडि बढाउने समेत रम्भावासीलाई प्रतिवद्धता व्यक्त गर्नुभयो ।


प्रकाशित : २०७९ जेठ २० गते १९:५१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology