पाल्पाको सत्यवतीमा काँग्रेस माओवादीका सय बढी कार्यकर्ता एमाले प्रवेश

मिलन विश्वकर्मा
प्रकाशित : २०७९ जेठ २२ गते १९:५७


मिलन विश्वकर्म
जेठ २२, २०७९
पाल्पा ः जिल्लाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
विजयी उम्मेदवारलाई बधाई तथा मतदातालाई धन्यवाद दिन आयोजित कार्यक्रममा यहाँका एक सय बढी कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य रामहादुर राउत, विशिष्ट अतिथि एमाले पाल्पाका सचिव रामजी पोखरेल, कार्यालय सचिव दीपक विश्वकर्माले अबिर र खादा लगाएर पार्टी प्रवेश गराउनु भएको थियो ।
पटक पटक कांग्रेसलाई जिताउँदा यहाँ विकास नभएको उनीहरूले बताएका थिए । यहाँको विकास गर्न एमालेलााई साथ दिएको पार्टी प्रवेश गर्नेहरूले बताए ।
गठबन्धन दलले अब मुलुकको विकास नगर्ने नेता राउतले बताउनुभयो । सत्ता स्वार्थको लागि मात्र उनीहरूको गठबन्धन भएको हो । व्यक्तिगत लाभ लिन गठबन्धन गरेका दलका नेताले रैनादेवी छहरामा विकास नगर्ने उनले दाबी गर्नुभयो ।
यहाँको विकासका लागि एमाले सरकारले विकल्प नभएको सचिव पोखरेलले बताउनुभयो । ३० वर्षका कांग्रेसको गढ सत्यवतीमा तोडिएको छ । अब विकासले मुहार फेर्ने छ । यहाँको खानेपानी, सडक र बिजुलीको समस्या समाधान गर्न सिंगो एमाले जिल्ला पार्टीले पहल गर्ने उहाँले बताउनुभयो ।
आगामी केही महिनामा हुने प्रदेश र संघको निर्वाचनमा नेकपा एमालेका सबै उम्मेदवारलाई विजयी गराउने गरी पार्टीको काममा लाग्न कार्यालसय सचिव विश्वकर्माले आग्रह गर्नुभयो । एमालेको सरकार बने मात्र विकास हुने उहाँको भनाई छ ।
कार्यक्रममा नवनिर्वाचित वडाध्यक्ष रेमबहादुर रानाले आफू निस्वार्थ भावले जनताको सेवामा खटिने बताउनुभयो । जनताको आधारभूत आवश्यकतालाई ख्याल गरेर विकास निर्माणका काममा लाग्ने उहाँले स्पष्ट पार्नुभयो ।
एमाले वडा कमिटीका कार्यवहाक अध्यक्ष दिलबहादुर सिंजालीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले रुपन्देही सम्पर्क मञ्चका सदस्य खड्ग रााना, प्रेम घिमिरे लगायतले बधाई तथा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
जिल्ला कमिटी सदस्य दिलबहादुर गाहाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव देवबहादुर गाहाले गर्नुभएको थियो ।


प्रकाशित : २०७९ जेठ २२ गते १९:५७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology