पाल्पाका  पुर्वसांसद   भद्रबहादुर थापाको मृत्यु भएको छ । थापाको ७० बर्षको उमेरमा उहाँको निधन भएको हो ।
रामपुर नगरपालिका वडा नं १० निवासी थापाको आज १२ बजे रामपुर अस्पतालमा  मृत्यु भएको वडाध्यक्ष तोया सारुले जानकारी दिनु भयो ।
थापा केही वर्षदेखि मुटुको बिरामी भए पनि निको भएको थियो ।थापा ०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नं १ बाट निर्वाचित हुनुभएका थापा ०६४ सालको अन्तरिम विधायक रहनु भएको थियो ।अहिले नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सल्लाहकार समेत रहनु भएको थियो  ।
    
    
    	
							
							
								 
									प्रकाशित :  २०७९ जेठ  २८ गते १६:४७
								
							 
							
						 
					 
    
    
    
    
    							 
						
Facebook Comment