पूर्वखोलामा गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा सम्पन्न ।।

Kandara News
प्रकाशित : २०७९ असार १४ गते ०:१३

पाल्पा-जिल्लाको पुर्वखोला गाउँपालिका पुर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा भएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख टंक नाथ खनाल,जिल्ला समन्वय समितिका उप प्रमुख काशिका गैरेले पुर्वखोलाले गाउँपालिकालाई निश्चित इन्डिकेटरका आधारमा पुर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गर्नु भएको हो ।

नेपाल संविधान २०७२ बमोजिमको संघिय संरचना अनुसार साविकका सिलुवा, जल्पा, रिङ्नेरह, देवीनगर, बीरकोट र हेक्लाङ्ग गरि ६ वटा गाविसहरू मिलेर बनेको पुर्वखोला गाउँपालिकामा हाल गाउँपालिका भित्रका ६ वटा वडा रहेको छन । पहिलो चरणमा पालिकाका सबै वडाहरूलाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको थियो । हाल सोही तथ्यांक र इन्टिकेटरहरूको आधारमा पुर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिनुभयो । पुर्वखोला गाउँपालिकाभित्र ६ वटा स्वास्थ्य चौकी र ५ वटा सामुदायिक स्वास्थ्य ईकाइ रहेका छन । गाउँपालिकाको स्वास्थ्य शाखाले दिगोपना र पुर्ण खोप सुनिश्चितताका लागि हरेक बर्ष चैत महिनामा नियमित खोपको घरभेट सर्वेक्षण लाइन लिस्टिङ्ग गरि उमेर अनुसार खोप पाए नपाएको एकिन गरि खोप लगाउन छुटेको पाइएमा बैशाख महिनामा खोप दिने प्रकृया अनुरूप खोप दिने व्यवस्था गरिएको हुन्छ । सोही निरन्तरता प्रकृया अनुरूप पुर्वखोला गाउँपालिकाका ६ वटै वडाहरूलाई पुर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको र सबै सर्तहरू पूरा गरि गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो । गाउँपालिकामा १२ बर्ष भन्दा माथि उमेरका कोभिड विरूद्वको खोप लगाएका नागरिकहरूको सख्या १२ हजार १ सय २ जनाले पुर्ण मात्रामा खोप लगाएको पालिकाले सर्वेक्षण गरेको तथ्यांक रहेको छ । सोही तथ्यांकमा आधारमा पालिकाका करिब ९९।८० प्रतिशत कोभिड विरूद्वको खोप पालिका घोषणाका लागि जिल्ला समन्वय समिति समक्ष पेस गरिएको र स्वीकृत भइ घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख ढकालले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले पुर्वखोला गाउँपालिकाले पुर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणाका लागि आवश्यक तथ्यहरू पेस भएको र सोही तथ्यका आधारमा घोषणा गरिएको बताउनुभयो । विश्वमा महामारीको रूपमा फैलिएको कोरोनाका कारण धेरै नागरिकहरूको मृत्युु भएको परिस्थितिमा कोभिड रोकथामको उत्तम विकल्प नै कोविड विरूद्वको खोप उत्तम विकल्प रहेको परिस्थितिमा हाल पुर्वखोला गाउँपालिकाले पालिकाका नागरिकहरूलाई पुर्ण खोप प्रदान गरि पुर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गर्न सफल भएकोमा खुशी व्यक्त गर्नु भयो ।कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख काशिका गैरेले पुर्वखोला गाउँपालिकाले पुर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा हुन सफल भएकोमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन आउने गरि स्वास्थ्य क्षेत्र केन्द्रीत गरि कार्यक्रम अगाडि बढाउने आर्गह गर्नुभयो ।कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भाथिरथी भट्टराई, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर सारु ,वडा अध्यक्षहरु ,कार्यपालिका सदस्यहरू, गाउँपालिकाका विभिन्न शाखाका शाखा प्रमुख ,स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा पूर्वखोला -३ रिङ्नेरह मा महिला स्वास्थ्य संयम सेवीकालाई विधाई गरेको छ । लामो समय सेवा गर्नु भएको पूर्वखोला -३ खास्की निवासी जयन्ती काफ्ले( साविक ६) र अर्खलडाँडा रिमिसरा पंगेनेव ( साविक ९) नगत सहितले सम्मान सहित विधाई गरेको छ । दुवै जना महिला स्वास्थ्य स्वयम् सेवीका ६० बर्स कटिसक्नु भएको थियो ।
कार्यक्रम गाउँपालिका अध्यक्ष नुन बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७९ असार १४ गते ०:१३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology