पाल्पा जिल्लामै उत्कृष्ट रामतुलसी नमुना मा वि

रमा भण्डारी
प्रकाशित : २०७९ साउन २ गते १०:३२

पाल्पा , रामपुर

रामतुलसी नमुना माध्यामिक विद्यालय रामपुर पाल्पा जिल्लाकै उत्क्रिष्ट विद्यालय छनोट भएको छ । सामाजिक विकास डिभिजन कार्यलय तानसेन पाल्पाले आथिक वर्ष २०७८÷७९को उत्कृष्ठ शैक्षिक संस्था प्रोत्साहन कर्याक्रम अन्र्तगत रामतुलसी नमुना माध्यामिक विद्यालयलाई छनौट गरेको जनाएको छ । पुर्व पाल्पाकै जेठो विद्यालयको रुपमा २०२५ सालमा स्थापना भएको विद्यालय ५ वर्ष अगाडि संघियता अन्तर्गत नमुना विद्यालय भनि घोषणा भएको थियो ।
स्थापना देखि विभिन्न आरोह अवरोह पार गदै शैक्षिक स्तर उन्नती भौतिकरुपमा सम्पन्नताको यात्रामा अगाडि बढिरहेको छ । पुर्वी पाल्पाकै पुरानो विद्यालय हाईस्कुल भनेर चिनिएको थियो । जिल्लाकै उत्कृ्रष्ट विद्यालय रामतुलसी विद्यालयको आफ्नै शुविधा सम्पन्न भवन खानेपानीको राम्रो व्यवस्था ,लाइब्रेरि,कम्प्युटरल्याव ,आफ्नै क्यान्टिन भवन हरियाली बाताबरणमा अध्यापन भइरहेको छ । अहिले विद्यालयमा पुर्व बालकक्षा मन्टेश्वरी ,नेपाली र अंग्रेजी माध्यममा कक्षा १० सम्म पढाइ भइरहेको छ । यसै गरी विद्यालयमा कृषि बालि विज्ञान तथा विज्ञान संकायमा अध्यापन भइरहेको विद्यालयमा शिक्षक कर्मचारी गरी करीव सय जना कार्यरत हुनु हुन्छ ।
विद्यालयमा अहिले अध्यानरत करीव २५ सय भन्दा धेरै विद्याथि अध्यानरत रहेका छन् । विद्यालयले विद्याथिहरुको सर्बागिण विकासका लागि विभिन्न समयमा आफ्नै खेलमैदानमा खेलकुद तथा साप्ताहिक विभिन्न अतिरिक्त क्रियाकलाप हरु हुने गदर्छ । विद्यालयले डिजिटल बोर्ड मार्फत विद्याथिहरुलाइ ज्ञानसिप सिकाएका छन् । विद्यालयलाइ जनहि २लाख ५० हजार सहित सम्मान पत्रले सम्मान गरेको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पौड्यालले जानकारी दिनु भएको छ । विद्यालयका प्रधानध्यापक बालकृष्ण लम्सालले विद्यालयको सम्मान पत्र बुझ्दै सामाजिक विकास डिभिजन कार्यलय लाइ धन्यबाद समेत दिनु भएको हो । यसै आथिक वर्षमा रामतुलसी नमुना माध्यामिक विद्यालयमा गणित र विज्ञान विषय अध्यापन गराउनु भएका शिक्षक विष्णु प्रसाद पोखरेल पनि उत्कृष्ट शिक्षक छनोट हुनभएको छ । उत्कृष्ठ विद्यालय तथा शिक्षक छनोटमा परेको खुशियालीमा सामाजिक विकास डिभिजन कार्यलय पाल्पालाइ विद्यालयले धन्यबाद समेत दिएको छ ।


प्रकाशित : २०७९ साउन २ गते १०:३२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology