पाल्पाको लघुवामा बस दुर्घटना ६ जनाको ज्यान गयो ।

जनक राज भट्टराई
प्रकाशित : २०७९ साउन ८ गते २०:२८

पाल्पा रिब्दीकोट गाउँपालिका –२ लघुवामा बस दुर्घटना भएको छ । गुल्मी बाट बुटवलतर्फ हिडेको लु १ ख ५९५२ नम्वरको बस लघुवामा दुर्घटना भएको हो ।ड्राइभर सहित २२जना बोकेर हिडेको बस आइतबार दिउँसो ४:३० बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जि प्र का पाल्पाका सूचना अधिकारिले बिरेन्द्र थापाले जनाएका छन । प्रहरीका अनुसार मृत्यु हुनेहरुको पहिचान हुन सकेको छैन ।

दुर्घटनामा परी १६ जना घाइते भएका छन् ।जसमध्ये दुई जनाको अवस्था अलि घम्भिर रहेको र बाकी सामान्य रहेको र घाइतेहरु सबैको उपचारका तानसेनस्थित युनाइटेड मिसन भइरहेको प्रहरीले जनाएको छ । बस सडकको डिल भासिएरकरिब १ सय मिटर तल खसेको जनाएको छ। दुर्घटनामा मृत्यु हुने र घाइते को बिस्तृत बिवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले बताए ।


प्रकाशित : २०७९ साउन ८ गते २०:२८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology