छाङ्दी झर्नामा आन्तरिक पर्यटन गन्तव्य बन्यो ।

रमा भण्डारी
प्रकाशित : २०७९ साउन ९ गते २१:३४

रामपुर, पाल्पा
रामपुर नगरपालिका १ पाल्पा स्थित चिन्ते सामुदायिक वनमा रहेको छाङदी झरना पछिल्लो आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा परेको छ । केही वर्ष अघि सम्म गुमनाम रहेको झरनाले कालीगण्डकी करिडोरको स्तर उन्नति संगै गत वर्ष देखि चर्चा बटुल्दै आएको थियो ।चर्चा संगै डिभिजन वन कार्यालय पाल्पा मार्फत पर्यटनको लागि सौन्दर्यीकरणको कार्य भए पछि सुनसान रहने झरना परिसर भरिभराउ हुन थालेको छ । झण्डै सय मिटर माथि बाट छङ्छङ् झर्ने झरनाको पानीमा रमाउन, पौडी खेल्न र दृश्य अवलोकनका लागि दैनिक २ देखि ३ सयको हाराहारीमा घुम्न पुगेको भने पनि हिजो शनिबार भएर पनि होला १हजारको हाराहरीमा आन्तरिक पर्यटकहरुले अवलोकन गरेको देखिन्थ्यो । गर्मी मौसम भएकाले चिसो पानीमा रमाउन जानेहरु बढी देखिन्छन् । झरनामा मा रमाउन बालक देखि बृद्ध सम्म पुगेका थिए । आज भोलि दिन अनुदिन घुम्न आउने हरु बडेका छन भने शनिबारको दिन त झन थाम्नै नसक्ने गरी भिड हुने गरेको स्थानियहरु बताउनु हुन्छ ।” सामुदायिक वनले अहिले सम्म घुम्न आउनेहरु संग कुनै शुल्क नलिएको र चाप बढे पछि व्यवस्थापनको लागि शुल्क संकलन गर्ने तयारी गरिरहेको चिन्ते सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष खिम बहादुर नेपालीले जानकारी दिनुभयो । अहिले पाल्पाको रामपुर संगै स्याङ्जा, तनहुँ, नवलपुर कपिलबस्तु रुपन्ेदहिका लगाएतका स्थान बाट पर्यटकहरु आउने गर्दछन्। शनिबार रामपुरका समाजसेवि देवराज ढकाल पनि अवलोकन गर्ने झरनामा परिवार सहित पुग्नु भएको थियो । वहाले भन्नु भयो यस झरनालाइ व्यवस्थित गरेर जान सके आम्दानिका लािग अन्त धाउनु नपर्ने भन्दै स्थानिय तहले ध्यान दिन समेत अनुरोध गर्नु भएको छ । यस्तै रामपुर उद्योग बाणिज्य संघका अध्यक्षले झरनाको अवलोकन गदै फोटो खिचाउदै जिल्लाकै ठुलो झरनालाई व्यवस्थित गर्न थुप्रै काम गर्नु पर्ने देखिएको भन्दै होटल रेष्टुरेन्ट निर्माण देखि गाडि पार्किङ जस्ता काम समेत गर्नु पर्ने देखिएको भन्दै स्थानिय सरकार र सबै सरोकारवालाहरुले ध्यान दिनु पर्ने बताउनु भएको छ ।
डिभिजन वन कार्यालय पाल्पाले ७ लाखको लगानीमा झरनाको सौन्दर्यकरणको यस वर्ष पौडी पोखरी, बाटो, आकर्षक काठको रेलिङ्ग सहित, बेबि पोन्ड, सेल्फी स्टेसन लगायतका संरचना निर्माण गरेको थियो । सव डिभिजन वन कार्यालय रामपुरका सहायक वन अधिकृत सुजनराज भण्डारीले डिभिजन वन कार्यालयको ६ लाख७३ हजार ७६ रुपैयाँ र उपभोक्ताको ६७ हजार ३ सय ७ रुपैयाँ गरी ७ लाख४० हजार ३ सय ८४ रुपैयाँ मा सौन्दर्यीकरणको काम गरेको बताउनुभयो ।
डिभिजन वन कार्यालयका वन अधिकृत दिपक ज्ञवालीले वन समुहले काठ बाट मात्रै नभई पर्यटन मार्फत पनि आम्दानी गर्न सक्ने प्रशस्त आधार रहेकाले प्रकृति मैत्री संरचना निर्माणमा ध्यान दिनु आवश्यक रहेको बताउनुभयो । “छाङ्दी झरना जिल्लाकै ठूलो झरना हो ।
चिन्ते सामुदायिक वन भित्र रहेको छादी झरना चमेरे गुफालाई यस अघि चमेरे गुफाको रुपमा चिनाउने प्रयास हुँदै आएको थियो । तर पछिल्लो समय छादी झरनाको रुपमा चर्चा पाएको हो । करिब १ सय ५० मिटरको उचाई बाट झरनामा पानी झरिरहेको छ ।


प्रकाशित : २०७९ साउन ९ गते २१:३४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology