पाल्पाली गायक दामोदर बस्याल को तिज गित सार्वजनिक
        हिन्दु महिलाहरूको महान पर्व हरितालिका तिज को अवसरमा विभिन्न तिज गीति सङ्ग्रह बजार आउने यो भिड्भाड बिल्कुलै नयाँ ,महिला हरू को बेदना र यथार्थता मा आधारित तिज गित “ठुली नहोउ मोयालु ´ ´सार्वजनिक  भएको छ ।महिलाहरुको महान पर्व हरितालिका तिज आउन अब करिव एक महिना दिन बाँकी छ ।  केहि वर्ष यता तिज पर्वका अबसरका लगातार गीतहरु सार्वजनिक गर्दै आएका पाल्पाली कलाकार ले यसवर्ष पनि नयाँ तिज गीत ल्याएका हुन् । परम्परा देखि नै तिज को अवसर मा महिला दिदिबहिनी  हरू गितको माध्यम बाट आफ्ना दु:ख र वेदना  समाज मा प्रस्तुत गर्ने गर्दछन ।   गायक दामोदर बस्याल र तै माया थापाको स्वर रहेको गीतमा लय र  शब्द गायक दामोदर बस्याल को रहेका छ । शंकर बि सि को निर्देशन र शंकर बि सि र ,टीका जैशी को अभिनय रहेको गित ले महिला हरू मा रहेको सामाजिक विभेद लाई गित को प्रस्तुत गरेको छ । गित दामोदर बस्याल को आफनै युट्युव च्यानलबाट बजारमा आएको हो ।
    
    
    	
							
							
								 
									प्रकाशित :  २०७९ साउन  १५ गते १७:५६
								
							 
							
						 
					 
    
    
    
    
    							 
						
Facebook Comment