सिलुवामा नेपाल कम्युनिष्ट पार्टी एमाले वडा कमिटी को अगुवा कार्यकर्ता भेला सम्पन्न ।

Kandara News
प्रकाशित : २०७९ साउन २० गते २१:३३

सिलुवामा नेपाल कम्युनिष्ट पार्टी एमाले वडा कमिटी को अगुवा कार्यकर्ता भेला सम्पन्न ।
पूर्वखोला गांउ पालिका वडा नम्बर एक सिलुवा को वडा भवन मा नेपाल कम्युनिष्ट पार्टी एमाले को वडा स्तरिय अगुवा कार्यकर्ता तहा छलफल कार्यक्रम सम्पन्न भएको छ । भेलाको प्रमुख अथिती नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला उपाध्यक्ष देविलाल लामिछानेले सिलुवा नेपाल कम्युनिष्ट पार्टी एमाले को ऐतिहासिक पृष्ठभूमि रहेको बताउदै जनता को बहुदलीय जनवाद को सिद्धान्त, पाँच दलिय राजनैतिक गठबन्धन को स्वार्थ को राजनीति गरेको बताउनु भयो । लामिछानेले मुलुकको विकासको लागि काम गर्ने पार्टी भनेकै एमाले रहेको बताउदै अब हुने प्रदेश र केन्द्रिय तहको चुनावमा एमाले धेरै सिट जित्ने बताउनु भयो ।

पूर्वखोला ईन्चार्ज तथा पुर्वखोलागांउ पालिका अध्यक्ष नुनबहादुर थापाले पूर्वखोलामा स्थानिय तहको निर्वाचनमा २०७४ सालको निर्वाचनमा भन्दा मत बढाउन सफल भएको मा पार्टि पंति लाई धन्यवाद दिनु भएको थियो । कम्युनिष्ट पार्टी को पृष्ठभूमि, अहिले को अबस्था तथा भाबि गन्तव्य संगसगै पूर्वखोला गांउ पालिका मा भईरहेको बिकास निर्माण का बारेमा र आगामी संघ र प्रदेश को निर्बाचन मा पार्टि को भुमिका बिषयमा आफ्ना भनाई राख्नु भएको थियो ।

साविक सिलुवा भित्र का सम्पूर्ण टोलहरू को रिपोटिङ , गत आर्थिक वर्षभित्र को समिक्षा भएको थियो । सिलुवा वडा अध्यक्ष गिरिमान आले वाट ६० वटा योजना वडा स्तरिय १३ वटा योजना पालिका स्तरिय सम्पन्न भएको ४ वटा योजना को काम नभएको र आगामी योजना केही दिन मै स्वत्: पत्र जारी हुने रिपोटिङ गर्नु भएको थियो ।

भेलाम पार्टी सदस्यताको नबिकरण , थप नयां सदस्यता, अबको निर्वाचनमा पार्टीको भुमिका , बिभिन्न जनवर्गीय संगठन को प्रशिक्षण सम्बन्ध तथा बिभिन्न बिषयमा छलफल भएको थियो ।

कार्यक्रममा एमाले निकट नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । भेला वडा संगठन कमिटी अध्यक्ष खेम बहादुर हिस्की को अध्यक्षता , उपाध्यक्ष समुदा भारती को स्वागत मन्तव्य तथा सचिब रबिन्द्र पंगेनी को संचालन मा सम्पन्न भएको हो ।


प्रकाशित : २०७९ साउन २० गते २१:३३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology