नेकपा एमाले पाल्पाले गर्‍यो जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम ।

Kandara News
प्रकाशित : २०७९ साउन २९ गते ११:४६

नेकपा एमालेले जिल्ला स्तरीय परशिक्षण कार्यक्रम शनिबार तानसेनमा सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले सचिब गोकण बिस्टले एमालेलाई हराउन सत्ता गठबन्धनको अनैतिक खेललाई ने कपा एमालेले जित्नै पर्ने बताउनु भयो । विष्टले नेकपा एमालेले जितेमात्र देशको स्वादिन्, स्वतन्त्रता , आत्मसमान जोगिने बताउदै कुनैपनी हालतमा एमालेले चुनाब चित्नु पर्ने बताउनु भयो । नेता बिष्टले एमालेको केन्द्रिय कमिटिको बैठक भाद्र १० र ११ गते हुँदै छ त्यही केन्द्रिय कमिटिको सदस्यहरुको बैठक बाट उम्मेद्बारी कसरी छनोट गर्ने भन्ने मोडालालिटी तयर हुने बताउनु भयो । सबै संगको राय; सुझाव पछि मात्र उम्मेदवार छनोट हुने हुदा पार्टीलाई जिताउन सबैको महत्वपूर्ण भुमिका हुने बताउनु भयो ।

कार्यक्रममा नेकपा एमाले सचिब तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले एमाले एउटा सिङ्गो रुख हो हागाहरु टुट्दैमा नेकपा एमालेलाई असर नगर्ने बताउनु भयो । नेकपा हुदा पार्टी भित्रको अराजक प्रकृतिका व्यत्तिहरुले पार्टी विभाजन गरेको बताउदै आफ्नो पार्टिको विरुद्द शेर बहादुर देवालाई लगेर सत्ता बुझाउनु नै गलत रहेको बताउनु भयो । नेता विश्वकर्माले पार्टीलाई जिताउनको लागि कार्यकर्ताको महत्वपूर्ण भुमिका रहने हुदा विगतका कमि कमजोरीलाई सुधार गरेर अब हुने संघ र प्रदेश नेकपा एमालेको उमेदवारलाई जिताउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा नेकपा एमाले पोल्युटव्युरो सद्स्य एवम् लुम्बिनी प्रदेश नेकपा एमाले सह इन्चार्ज दल बहादुर रानाले पार्टी बाट चुनाब जितेका जनप्रतिनिधी भनेकै पार्टी को सिद्धान्त अनुसार जनताको चाहेको विकास निर्णमाणमा लाग्नु पर्ने बताउनु भयो । पार्टी विना केही गर्न सकिन्न भने भान अहिले केही स्वतत्र भन्ने व्यत्तिहरुले नै पार्टी गठन गर्न परेको बताउनु भयो ।

नेकपा एमाले पोल्युटव्युरो सद्स्य एवम् पाल्पा इन्चार्ज ठाकुर गैह्रेले एमालेलाई हराउनको लागि बनेको गठबन्धन देश र जनताको हितमा काम गर्न नसेको बताउनु भयो । गैह्रेले पार्टिलाई जिताउन हरेक पार्टीको संगठित सद्स्य हरु लाग्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश नेकपा एमाले अध्यक्ष राधाकृष्ण कडेल , केन्द्रिय सद्स्य सिर्जना काफ्ले , अनुसासन आयोगका सद्स्य झपेन्द्र जिसि ले प्रशिक्षण मुलक मन्तव्य राख्नु भएको थियो । कार्यक्रम नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष धनेन्द्र राज घिमिरेको अध्यक्षतामा सचिब रामजी पोखरेलको संचालनमा भएको थियो ।


प्रकाशित : २०७९ साउन २९ गते ११:४६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology