५-१२ बर्ष उमेर समुहका बालबालिकालाई पूर्वखोलामा भाद्र ५ देखि ८ सम्म कोविड -१९ विरुद्धको खोप दिईने ।

डिल्ली राज पंगेनी
प्रकाशित : २०७९ भदौ २ गते १५:०९

पूर्वखोला गाउँपालिकामा यहि भाद्र ५ गते देखि ८ गते सम्म कोविड -१९ विरुद्धको खोप बालबालिकालाई लगाईने भएको छ । ५ बर्ष देखि १२ बर्ष सम्मका उमेर समुहकका बालबालिकाहरुलाई भाद्र ५ देखि ८ गते सम्म पालिकाको विभिन्न वडाको विद्यालय तथा स्वास्थ्य संथाहरुमा खोप केन्द्र निर्धारण गरि लगाउने कार्यक्रम रहेको पूर्वखोला गाउँकालिका अध्यक्ष नुन बहादुर थापाले बताउनु भयो । थापाले कोविड -१९ नियन्त्रण अभियानमा सबैले सहयोग गरेको बताउदै । यसको रोकधामको लागि सबैले आ- आफ्नो क्षेत्रबाट थप सहयोग गर्न अनुरोध गर्नु भएको छ । थापले वडा अध्यक्ष , स्वास्थ्यकर्मी , विद्यालयका शिक्षकहरु संग बैठक बसि सरल र सबैले खोप लगाउने गरि वातावरण मिलाएको बताउनु भयो ।

पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले पालिका भित्रको बालबालिकालाई धेरै लामो दुरिको यात्रा हिड्न नपर्ने गरि वडाको पाएक पर्ने विद्यालय तथा स्वास्थ्य संथामा यसको व्यवस्था गरेको बताउनु भयो । ढकालले वायोएनटेक फाईजर खोप यहि भाद्र ५ -८ गते सम्म ५ बर्ष माथिका १२ बर्ष मुनिका २११० जना बलबालिकालाई खोप लगाईने कार्यक्रम रहेको र खोप लगाईएको २२ दिन पछि पुन दोस्रो मात्राको खोप लगाउने बताउनु भयो ।

उद्द्बुद्ध मा.वि.का प्रधानाध्यापक लोकहरी देवकोटाले विद्यालयमै खोप लगाउने हुदा विद्यालयको तर्फबाट हुने सक्ने सरसह्योग हुने र सम्पुर्ण विद्यार्थीहरुलाई नछुटाई खोप लगाउन प्रर्यत्न गरिने बताउनु भयो ।

खोप केन्द्र ( कुनै कुनै स्थान अवस्था हेरीकन परिवर्तन हुन सक्ने )


प्रकाशित : २०७९ भदौ २ गते १५:०९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology