नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तिम्सिना सम्मानित ।

Kandara News
प्रकाशित : २०७९ भदौ ४ गते २१:५०

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तिम्सिना सम्मानित
भाद्र २०७९, शनिबार

पाेखरा। नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् केन्द्रीय कानुन विभाग प्रमुख अधिवक्ता सरिता तिम्सिना पगेनी सम्मानित हुनुभएको छ।

तिम्सिनालाई शनिबार पाेखरामा आयोजित स्वतन्त्र पत्रकार संघ कास्की शाखाकाे १० औं वार्षिक साधारणसभा एवम् सञ्चार क्षेत्रमा महिला सहभागिता विषयक अन्तरक्रिया समारोहमा स्वतन्त्र पत्रकार संघ नेपाल ,राष्ट्रिय समितिका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले दाेसल्ला र सम्मान पत्र प्रदान गर्नुभयो ।

स्वतन्त्र पत्रकार संघ नेपालले राष्ट्र ,राष्ट्रियता र सुशासनका पक्षमा पत्रकारिताका माध्यमबाट खबरदारी ,साझेदारी एवम् पहरेदारी गर्दै स्वतन्त्र पत्रकारिताकाे पृष्ठपाेषणमा संस्थागत तथा व्यक्तिगततर्फबाट पुर्याएकाे याेगदानकाे कदर गर्दै तिम्सिनालाई सम्मान गरिएको स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखाका अध्यक्ष असफल गाैतमले जानकारी दिनुभयो ।

विगत दुई दशकदेखि पाेखरामा पत्रकारिता गर्दै आउनुभएकी पत्रकार महासंघका केन्द्रीय सदस्य तिम्सिना पाेखरा पाेष्ट डटकमका संचालक /सम्पादक एवम् रेडियो अन्नपूर्णका वरिष्ठ कार्यक्रम संचालक हुनुहुन्छ ।


प्रकाशित : २०७९ भदौ ४ गते २१:५०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology