नेपाली महिला समाज कतारले रमाईलो तिज तथा सचेतना कार्यक्रम-२०२२ गर्दैं

बिकास गैरे
प्रकाशित : २०७९ भदौ ८ गते २:०७

 

कतार । नेपाली महिला समाज दोहा,कतारले”नेपाली महिला समाजको चाहना,एकता र सहयोगको विशुद्ध सामाजिक भावना”भन्ने मुल नाराकासाथ यही आउँदो सन् २०२२ अगष्ट २६ तारिख शुक्रबारका दिन कतारस्थित ओसिस विच क्लबमा रमाईलो तिज तथा सचेतना कार्यक्रम-२०२२” गर्ने भएको छ ।

१५९ वटा भन्दा बढि विभिन्न संघसंस्थाहरुको सहकार्य र सहयोगमा कार्यक्रम हुनलागेको नेपाली महिला समाजकी अध्यक्ष सरिता भण्डारी ले बताइन ।

कन्दरा न्युज डटकम संङग गरिएको सम्बाद मा नेपाली महिला  समाजको आयोजनामा विभिन्न संघसंस्थाहरुको सहयोगमा हुन लागेको अध्यक्ष भण्डारी ले बताइन ।

उक्त कार्यक्रममा रेष्मी वि.क.,रेविका तामाङ,समृद्धि सापकोटा,शान्ति वलि,जिया हमाल,कुजल पन्थी,प्रज्ञा न्यौरे,सपना परियार,सृष्टि श्रेष्ठ,बर्बी खड्का,आरोही थापा,दिया सिंह,आरुषी रिजाल,सृष्टि लामा,गुना मगर”निशु”जस्ता स्त्थानीय कलाकारहरूको वेजोड प्रस्तुतिसमेत रहने छ ।

नेपाली महिला समाज दोहा कतारले स्थापनाको १० औं वर्षदेखि विभिन्न सामाजिक,जनचेतनामूलक कार्यहरु गर्दै आई रहेको छ ।


प्रकाशित : २०७९ भदौ ८ गते २:०७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology