सडक भाँसियो बुटवल पाल्पा सडक खण्ड , एकतर्फी गाडी पास हुन पनि सास्ती

Kandara News
प्रकाशित : २०७९ भदौ १६ गते २२:५६

पाल्पा ।

सडक भाँसिदा अबरुद्ध बनेको बुटवल पाल्पा सडक खण्डको हिउँदेखोलामा बाटो मर्मत भईरहेको छ । बिगत देखिनै सडक भासिएको हिउँदेखोला नजिकै झण्डै ४० मिटर सडक भाँसिएपछि दिउँसोबाट राजमार्ग अवरुद्ध भएको थियो ।

सडक भासिएकै कारण सवारी साधन सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी वीरेन्द्र थापाले बताउनुभयो । सडक डिभिजन कार्यालयको सहयोगमा बाटो खुलाउने प्रयास भइरहेको थापाले बताउनुभयो ।

सडक अबरुद्ध हुँदा पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा तर्फ आउने सयौँ सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।

मर्मत कार्य जारी रहेकोले सडक कतिबेलाबाट खुल्छ भन्नेबारे केही भन्न नसकिने प्रहरीको भनाई छ ।


प्रकाशित : २०७९ भदौ १६ गते २२:५६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology