सराईमा पुरुष भलिबल खेल सम्पन्न ; प्रथम विस्कुनडाँडा

मायां बस्याल
प्रकाशित : २०७९ भदौ १७ गते ६:३५

२०७९ भदौ १६ गते बिहीबार

हरितालिका तीजकाे अवसरमा सराई युवा क्लब सराईकाे अायाेजनामा सञ्चालन भएको साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगिता भदौ ११ गते देखि सराई खेल मैदानमा सञ्चालन भएको थियो । खेलमा प्रथम विस्कुनडाँडा युवाक्लब , द्वितीय सराई युवा क्लब , तृतीय अाेलेस युवा क्लब , सान्वना चिर्तुङ्ग युवा क्लब का टिम भएका छन् । प्रथम हुनेलाई २० हजार नगद मेडल र प्रमाणपत्र , द्वितीय हुनेलाई १४ हजार नगद मेडल र प्रमाणपत्र , तृतीय हुनेलाई ८ हजार नगद मेडल र प्रमाणपत्र साथै सान्त्वना हुनेलाई नगद रु ३ हजार रुपैयाँले सम्मान गरिएकाे छ । खेलमा उत्कृष्ट खेलाडी बिस्कुनडाँडा युवा क्लबका रेशम बि क छनोट हुनुभएको थियो ।

खेल कार्यक्रम का प्रमुख अतिथि एवम् माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनी वडा सदस्य मान बहादुर रानाले शुभकामना दिदै खेलाडीलाई खेल प्रति अग्रसर भएर लाग्न पनि अाग्रह गर्नु भएको थियो ।

कार्यक्रम सराई युवा क्लब अध्यक्ष कृष्ण सारु मगरको अध्यक्षता एवम् क्लबका सचिव माया बस्यालले सञ्चालन गर्नु भएको थियोे ।


प्रकाशित : २०७९ भदौ १७ गते ६:३५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology