जिल्ला स्तरिय भलिवल खेलको लागि खेलाडी छनोट ;- को को परे छनोटमा विवरण सहित।

दिल बहादुर गाहा
प्रकाशित : २०७९ भदौ २० गते २०:५५

जिल्ला स्तरिय भलिवल खेलको लागि खेलाडी छनोट ;- को को परे छनोटमा विवरण सहित।दिल बहादुर गाहा, पाल्पा २०

भदौ नवाै राष्ट्रिय खेलकुद प्रतियाेगिताकाे लागि जिल्ला भलिबल सघ पाल्पाले खेलाडी छनाैट गरेकोे छ।
रामपुर नगरपालिका -५ मटेरि खेलमैदान मा यहि भदौ १७ देखि १९ गतेसम्म सञ्चालन भएको छनाैट खेलमा पुरुष तर्फ ६ वटा पालिका र महिला तर्फ ४ वटा पालिका सहभागी भएको थियो । साे छनाैट खेलबाट उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरु बाट लगत्तै हुने प्रदेश छनाैट खेलमा सहभागी बनाउन जिल्ला स्तरीय टिम तयार समेत गरेको छ। जस अनुसार पुरुष तर्फ रमेश घर्ती (सेटर) सुवास गाहा( सेटर ) ,
देब ब.सिजाली(क्विक स्पाइकर )
,दिपेन्द्र अाले( क्विक स्पाईकर), सगित सारु ( क्विक स्पाईकर)
विमल सारु(अाेपन स्पाइकर),रेशम वि क ( ओपन स्पाईकर),युवराज राना ( ओपन स्पाईकर) , सन्दिप राना ( ओपन स्पाईकर ),विवेक राना ( ओपन स्पाईकर ), याम अाले(अलराउण्डर) असिम राना( अल राउण्डर ), विनाेद नेपाली (लिब्राे)र पुरन सारु( लिब्रो) मा छ्नोट गरेका छन ।
महिला तर्फ
अमृता सिजाली, नविना चाेहान, दुर्गा अाले, तारा सारु, अस्मिता घर्ती, सुमिना थापा , कल्पना सिजाली, राेशनी थापा ,उषा लामिछाने ,निरमा सारु,सृष्टि सारु, विपना बाकावल, रुविना अाले, अन्सु नेपाली रहेकाे रेफ्रि कमिशन पाल्पा का सयाेजक नेत्र बहादुर गाहाले जानकारी दिनुभयो । कार्यक्रम जिल्ला भलिबल सघ पाल्पाको अायाेजना,रामपुर भलिबल सघकाे व्यवस्थापन र रामपुर नगरपालिकाकाे अार्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित : २०७९ भदौ २० गते २०:५५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology