गायक / सर्जक हुम गैरे प्रदेश सभा निर्वाचनका लागि समानुपातिकबाट सिफारिस

होम राई मगर
प्रकाशित : २०७९ भदौ २४ गते १८:०२

पाल्पा, २४ भदौ । हुम गैरे गायन, सिर्जना र उद्घोषणमा समेत सफल र स्थापित नाम हो । उनी पछिल्लो समयमा कलाकारितामा कम राजनीतिमा बढी सक्रिय देखिन्छन्।
गैरेले राजनीतिमा चालेको सकारात्मक सक्रियताको प्रतिफल स्वरुप आगामी मंसीर ४ गते हुने प्रदेश सभा निर्वाचनमा समानुपातिक उम्मेदवारको लागि सिफारिस भएका छन् ।
उनि पाल्पा निर्वाचन क्षेत्र नं.१ (क) बाट नेकपा एमालेको तर्फबाट समानुपातिक उम्मेदवार को लागि सिफारिस भएका हुन् ।

नेकपा एमाले पाल्पा जिल्ला कमिटी सदस्य तथा राष्ट्रिय जन साँस्कृतिक महासंघ नेपालको केन्द्रिय सदस्य समेत रहेका गैरे विभिन्न संघ संस्थामा समेत आवद्व रहेर सामाजिक कार्य गर्दै आइरहेका छन् ।

आफुलाई योग्य देखेर पार्टीले मुल्यांकन गरेर सिफारिस गरेकोमा खुसी व्यक्त गर्दै विजयी भएपनि नभए पनि निरन्तर पाल्पाको सुख र दुःखमा संगै रही जनता कै सेवामा लाग्ने गैरेले बताए।
करिब ६ सय जति गीतहरुमा शब्द संगीत भरेका गैरेले करिब १०० गीतमा आवाज दिएका छन् भने हरेक चुनावमा एमालेको पक्षमा जनमत सिर्जना गर्न गीतहरु निकाल्ने गर्दछन् । गीत गाएर तथा स्टेजशो गरेर प्रशस्तै फ्यान कमाएका गैरेलाई राजनीतिमा पनि सफलता मिलोस्,आगामी निर्वाचनमा विजयी बनुन् – शुभकामना । यो पनि हेर्नुस् https://www.kandaranews.com/2022/09/09/6330/


प्रकाशित : २०७९ भदौ २४ गते १८:०२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology