नेकपा एमाले देविनगर वडाका कार्यकर्ताहरुलाइ पाटि प्रशिक्षण कार्यक्रम सम्पन्न ।

भुवन सिंजाली
प्रकाशित : २०७९ भदौ २६ गते १८:४१

नेकपा एमाले देविनगर वडाका कार्यकर्ताहरुलाइ पाटि प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नेकपा एमाले देविनगर वडा कमिटीकाे अायाेजनामा देविनगर वडाका कार्यकर्ताहरुलाइ पाटि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
नेकपा एमाले जिल्ला कमिटीका सदस्य भगवती रानाको स्वागत मन्तव्यबाट सुरु भएको प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका सदस्य नारायण प्रसाद अाचार्यले अहिलेकाे गठबन्धन सरकारले जनतालाई दुख दिने र ठगिखाने थलाे मात्र बनाएको अाराेप लगाउनु भयो ।प्रदेश सरकारमा अनावश्यक धेरै मन्त्रीहरु नियुक्त गर्ने ६ / ६ महिनामा मन्त्री फेरबदल गर्ने अाशेपाशेहरुलाइ मात्र याेजना दिने गरेर देशकाे ढुकुटी सक्याइ देश श्रिलङ्काकाे अवस्थामा पुर्याएकाे र जनतालाई महङ्गिकाे उपहार दिई ढाड सेक्ने काम बाहेक अरु केही गर्न नसकेको हुदा मंसिरमा हुने चुनावमा जनताले भाेट नदिने बताउनुभयाे ।
नेकपा एमाले लुम्बिनी प्रदेश सल्लाहकार सदस्य रिम प्रसाद श्रेष्ठले देशको विकास गर्ने श्रमजीवी जनताको पक्षमा काम गर्ने नेपालकाे एकमात्र पाटि भनेको नेकपा एमाले हाे । स्थानीय तहमा जसरि एमालेकाे पक्षमा जनता लागेका थिए त्यसै गरि प्रदेश र संघकाे चुनावमा एमालेलाई जिताउने पर्नेमा जाेड दिनु भयो ।
जिल्ला कमिटी सचिवालय सदस्य तथा पुर्वखाेला इन्चार्ज नुन बहादुर थापाले हैसिया हठैडा विस्वका कम्युनिस्ट पाटिकाे चिन्ह हाे ।कम्युनिस्ट पाटिले श्रमजीवी गरिबी असाय अशक्त महिल दलित वर्गकाे उत्थानकाे पक्षमा उभिने र सबै जनता देशका मालिक हुने गरि काम गर्ने पाटि हाे । पुर्वखाेला गाउपालिकामा शिक्षा , स्वास्थ्य , खानेपानी , अार्थिक , अायअार्जन , भाैतिक पुर्वाधारकाे क्षेत्रमा उल्लेखनीय काम गरेको बताउनुभयो ।
पाल्पा निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रिय अध्यक्ष विमल प्रसाद काफ्लेले मंसिरमा हुने चुनावमा एमालेलाई जिताए देशले जिट्ने हुदा व्यक्ति भन्दा पाटिलाइ जिताउन सबै अा अाफ्नाे क्षेत्रबाट डटेर लाग्नु पर्छ भन्नू भयो ।
जिल्ला कमिटीका सदस्य खेम सारु पुर्वखाेला गाउपालिका कमिटीका अध्यक्ष जीवन अाचार्य देविनगर वडाका अध्यक्ष मेहर सिं थापाले पाटिकाे बारेमा बाेल्नु भएको थियो ।
१०० जना कार्यकर्ता उपस्थित रहेको प्रशिक्षण कार्यक्रम देविनगर वडा कमिटीका उपाध्यक्ष भुवन सिंजालिकाे सन्चालन र अध्यक्ष बल बहादुर थापाकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७९ भदौ २६ गते १८:४१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology