शारदा माविको ६७ औं बार्षिकोत्सव सम्पन्न ।

जनकराज भट्टराई
प्रकाशित : २०७९ असोज १ गते १९:०१

६७ औ बार्षिक उत्सव मनायो शारदा मा.वि. ले
तानसेन १३ छेर्लुङ्ग मा रहेको शारदा मा.वि ले आज बिधिवत रूपमा आज आफ्नो ६७ औ बार्षिक उत्सव मनाएको छ । साप्ताहिक रूपमा विभिन्न कार्यक्रम गरेको बिद्यालयले आज भब्यताका साथ औपचारिक रूपमा अभिभावक दिवस तथा तथा बार्षिक उत्सव मनाएको थियो । पुर्व बि ब्या स का पदाधिकारी सम्मान ,विद्यालय का उत्कृष्ट विद्यार्थी सम्मान तथा जनप्रतिनिधि सम्मान गरेको उक्त कार्यक्रम मा विद्यालय का प्रधानाध्यापक दिनानाथ खनालले विद्यालय को १ करोड २० लाख बराबर बार्षिक आय ब्याय प्रस्तुत गर्नु भएको थियो । विद्यालय का अध्यक्ष टुक प्रसाद भट्टराई को अध्यक्षता मा भएको उक्त कार्यक्रम मा बोल्दै बिशिस्ट ब्यक्ति हरुले विद्यालको तिव्र शैक्षिक प्रगती कामना गर्दै विद्यार्थी को शैक्षिक बिकासमा पनि ख्याल गर्न पर्ने बताउनु भयो ।


प्रकाशित : २०७९ असोज १ गते १९:०१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology