देवीनग वडाले गर्यो सार्वजनिक सुनुवाइ ।

भुवन सिंजाली
प्रकाशित : २०७९ असोज ५ गते १९:१३

देवीनगले वडाले गर्यो सार्वजनिक सुनुवाई ।

देविनगर वडाको बार्षिक कार्यक्रम समिक्षा तथा अार्थिक वर्षको याेजना सार्वजनिक र सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

जनतासंग वडा कार्यालय कार्यक्रम अनुसार संचालन भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा देविनगर वडाका अध्यक्ष मेहर सिं थापाले अार्थिक वर्ष २०७८/७९ मा दुई वटा लक्षित वर्गकाे कार्यक्रम पूरा हुन नसकेको र सबै याेजना सम्पन्न भएको यस अार्थिक वर्षकाे लागि केन्द्रीय सरकार प्रदेश सरकार गाउपालिका वडा कार्यालयकाे गरि ४१ वटा याेजनाकाे लागि १ करोड ९९ लाख बराबरको बजेट रहेको सार्वजनिक गर्नु भएको छ।
वडाका सचिव तेजि सरा थापाले गत वर्ष घटना दर्ता २२५ राजेश्व ४ लाख ५१ हजार ३ सय ५१ रुपियाँ संकलन भएको प्रतिवेदन प्रस्तुत गर्नु भयो ।
स्वास्थ्य चाैकिका प्रमुख शान्ता बम्रेलले गत वर्ष जम्मा ३ हजार ८ सय ५४ जनाले सेवा सुविधा लिएको जानकारी दिनु भयो ।
मातृभूमि मा वि का प्र अ मेहरमान थापाले शिक्षाकाे क्षेत्रमा कृषि प्राविधिक अमृता भट्टराईले कृषि शाखाको क्षेत्रमा पशु प्राविधिक कृष्ण रायमाझीले पशु शाखाको क्षेत्रमा भिमा देवि खत्रीले अतिरिक्त हुलाककाे क्षेत्रमा जनजाति स्वावलम्वन बचत तथा रिण सहकारी संस्थाका अध्यक्ष यम बहादुर खत्रीले सहकारीको क्षेत्रमा महिला सहकारी संस्थाका अध्यक्ष चुनि सरा थापाले महिला सहकारीको क्षेत्रमा भएको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सहभागीहरुले स्वास्थ्य चाैकि पशु शाखामा समयमै अाैषधि नपाउनु कृषि शाखामा बीउ विजन नअाउनु याेजनाकाे मुल्यांकन कम निकाल्नु जस्ता गुनासाे राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि पुर्वखाेला गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर सारुले सहभागीबाट अाएकाे गुनासो सल्लाहलाई मनन गर्दै अगाडि बद्ने र याेजनाकाे काम गर्दा प्रविधिको इस्टेटमेन्ट अनुसार निर्माण सामाग्री ल्याउदा कर चुक्ता गरेको पसलबाट मात्र ल्याउन अनुरोध गर्नु भएको छ।
निवर्तमान वडा अध्यक्ष रिम प्रसाद श्रेष्ठले जनताको घर घरमा गएर समस्या गुनासो सुन्देै जनप्रतिनिधिहरुले जनतालाई सेवासुविधा दिदै विकास निर्माणका कामहरु गर्नु पर्ने सल्लाह दिनु भयो ।
नेकपा एमाले देविनगर वडा कमिटीका अध्यक्ष बल बहादुर थापा नेपाली काङ्ग्रेस वडा कमिटीका सभापति गिर बहादुर लाम्काले याेजनाहरुकाे निरन्तर मुल्यांकन गर्नु पर्नेमा जाेड दिनु भएको छ।
कार्यक्रम पुर्वखाेला गाउपालिका कार्यपालिकाका सदस्य रेवति सरा घर्तीकाे स्वागत मन्तव्य वडा सदस्य भुवन सिंजालिकाे संचालन वडा अध्यक्ष मेहर सिं थापाकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७९ असोज ५ गते १९:१३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology