केन्द्रमा नै चल्दैन मोवाईल नेटवर्क !

डिल्ली राज पंगेनी
प्रकाशित : २०७९ असोज २० गते १९:२८

केन्द्रमा नै चल्दैन मोवाईल नेटवर्क !

पाल्पा मा १० स्थानीय तहहरु छन् । १० स्थानीय तह मध्य पूर्वखोला गाउँपालिका एउटा स्थानीय तह हो । साविक ६ गाविस मिलेर बनेको पूर्वखोला गाउँपालिका अन्य हिसाबले सुगम गाउँपालिका भित्रनै पर्छ । पूर्वखोला गाउँपालिको केन्द्र रिङ्नेरह मा पर्छ । केन्द्र रहेको स्थानलाई पुर्वखोला फाट र ठाँउले पनि परिचित रहेको छ । अहिले धेरै जसो व्यक्ती सामाजिक सञ्जाल चलाउने गर्दछन । फेसबुक , टिकटक , म्यासेन्जर , भाईवर , इमो , टुइटर जस्ता सामाजिक सञ्जाल नचलाउने व्यत्ती कमै मात्रामा भेटिन्छन् । पूर्वखोलाको केन्द्रमा मोवाईल -फोनमा नेटवर्कले राम्रो संग काम गर्दैन । फोन आउन जानसमेत फोन लाग्ने ठाउँ( घर बाहिर) झुण्डाएर राख्नु पर्छ । गाउँपालिकाको केन्द्र नै यहि ठाउँमा भएपछी सबैकुराको आवश्यकता र व्यक्तिहरुको चाप स्वाभाविक रुपले बढी हुने गर्दछ ।
यस क्षेत्र भन्दा बहिरका व्यक्ति आएर इन्टरनेट बाट केही कुरा झिक्न परे वाईफाई कहाँछ भनेर खोज्दै हिड्नु पर्ने बाध्यता रहेको छ । कारण हो पूर्वखोला केन्द्र रहेको क्षेत्रमा मोबाईल डाटा बाट नेट चल्न निकै मुस्किल पर्ने गर्दछ ।

यस विषयमा सार्वजनिक सुनुवाइमा कुरा नउठेको चाहिँ पटकै होईन जनताको गुनासा पनि उत्तिकै छ । नेता तथा बौद्धिक व्यक्तित्वको व्यवस्थित गर्ने कुरा पनि नभएको चाहिँ हैन तर समस्या जहिले उस्तै छ । यस विषयमा सम्बन्धित निकाएको ध्यान जावस ।


प्रकाशित : २०७९ असोज २० गते १९:२८

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology