पाल्पा क्षेत्र नं २ मा गठबन्धनको प्रचारप्रसार कार्यालय स्थापना ।।

जनक राज भट्टराई
प्रकाशित : २०७९ असोज २४ गते २०:५३

पाच दलीय गठबन्धनमा आवद्ध दलले पाल्पा क्षेत्र नं २ मा गठबन्धनको प्रचारप्रसार कार्यालय स्थापना गरेका छन् । तानसेनको लहरेपिपलमा सोमबार संघीय तथा प्रदेश सभाका उम्मेद्वारको सम्पर्क तथा प्रचारप्रसारको लागि कार्यालयको स्थापना गरिएको हो ।

कार्यालय उद्घाटन गर्दै पाल्पा क्षेत्र न २ का प्रतिनिधि सभाका सांसद उम्मेद्वार तथा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले आफ्नो लामो अनुभव देश विकासको लागि मार्ग हुने भएकाले आफूले पुनः उम्मेद्वारी दिएको बताउनुभयो । उहाँले देश निर्माण गर्ने तस्बिर अनुभबीहरुमा रहेको भन्दै अबको लडाई देशलाई आर्थिक रुपमा अगाडी बढाउनेमा केन्द्रीत हुने बताउनुभयो । तर मुलुकमा आफुले देखेको विकास हुन नसकेकोमा भने चिन्ता ब्यक्त गर्नुभयो ।
पाल्पा क्षेत्र न २ ख का उम्मेद्वार तुलाराम घर्ती मगर (वसन्त)ले ओली प्रवृत्ति स्वच्चाछारी, विधि नमान्ने र तानाशाही प्रवृति रहेको बताउदै संविधान र विधिका लागि गठबन्धन आवश्यकता रहेको बताउनुभयो ।
पाल्पा क्षेत्र न २ (१) का प्रदेश सभा सदस्य पदका उम्मेद्वार तथा लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वीर बहादुर रानाले व्यवस्था र पद्धति परिवर्तन गरेका दल प्रति वितृष्णा बढेको भन्दै लोकतन्त्रको बिकल्प लोकतन्त्र नै भएको दलिय ब्यबस्थामा दलहरुको विकल्न नहुने बताउनुभयो ।गठबन्धन दलका पाल्पा संयोजक हिमालदत्त श्रेष्ठले टु डि (लोकतन्त्र र विकास) सँगसँगै लैजान गठबन्धन आवश्यक भएको बताउनुभयो, उहाँले गठबन्धनमा आवद्ध दलका नेता तथा कार्यकर्ताको साझा चिन्ह जो जहाँबाट उठेको छ, सोही चिन्ह भएकाले त्यसको लागि सबैले इमान्दिारिताको साथ गठबन्धनका उम्मेद्वारलाई विजयी बनाउनुपर्ने बताउनुभयो ।


प्रकाशित : २०७९ असोज २४ गते २०:५३

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology