पाल्पा, रामपुर नगरपालिका–९ जब्गादीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मंगलबार विहान घाँस काट्ने क्रममा अचानक थ्री फेस लाईनलाई छुन गई रामपुर नगरपालिका ९ जब्गादी बस्ने १९ वर्षिय विष्णु बहादुर श्रेष्ठको मृत्यु भएको हो ।
घर नजिकैको दबदबेको रुखमा चढी विहान १० बजे घाँस काट्ने क्रममा श्रेष्ठलाई करेन्ट लागेको थियो । घाँस काट्दै गर्दा थ्री फेस लाईन छुन पुगे पछि करेन्ट लागेर भुँईमा खसेका थिए । घाईते श्रेष्ठलाई उपचारका लागि मिसन अस्पताल पाल्पा पठाईएको थियो । अस्पताल पु¥याई चेकजाँच गर्ने क्रममा डाक्टरले श्रेष्ठलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित : २०७९ कार्तिक ८ गते १८:३८
Facebook Comment