आफ्नो गाउँ आफै बनाउ भन्ने नारा सार्थक हुन एमालेको जित आवस्यक :नेता गैरे

Kandara News
प्रकाशित : २०७९ कार्तिक १२ गते २१:१३

कात्तिक १२ /नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पाल्पा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ठाकुर गैरेले पश्चिम् पाल्पाको बिकासमा कन्चनखोला तटबन्ध ,मोटरबाटो स्तरोन्नति बिजुलीको समस्या समाधानमा र बिकासमा निरन्तर लाग्ने र यस्ता योजना पूरा गर्ने आफ्नो गाउँ आफै बनाउ भन्ने नारा सार्थक हुन एमालेको जित आवस्यक रहेको बताउनु भएको छ । २०५१मा नेकपा एमाले सरकारले सुरु आफ्नो गाउँ आफै बनाउ अभियान बाट आज हरेक ठाउँ बिकासको गति लिएको र त्यो अभियानलाई निरन्तरता दिनु पर्ने उहाको भनाइ छ।
रैनादेवी छ्हरा गाउँपालिका ८ सत्यवतीमा पुग्नु भएका उमेदवार गैरेले काम गर्ने कुरा आफ्नो प्राथमिकता रहेको बताउनु भएको छ । उहाले यस क्षेत्रमा रहेको तेजपत्ता जस्ता बन पैदावारलाई समेत उचित ब्यवस्थापन गरेर यो क्षेत्रलाई थप बिकास गरि आर्थिक समृद्धि गराउने काममा आफू लाग्ने बताउनु भएको छ ।
कार्यक्रममा पाल्पा निर्वाचन क्षेत्र नं. २ ख का उम्मेदवार ओम बहादुर घर्तीले कृषि र पशुपालन र बन पैदावरको प्रचुर सम्भावना भएको बताउदै स्थानीय बिकासको मोडल बिकास एमाले नै गरेको यसलाइ निरन्तरता दिन आफुलागि पर्ने बताउनु भएको छ ।
स्थानीय डिल बहादुर सिङ्जालीले मोटरबाटो र खानेपानीको समस्या जस्ताको त्यस्तै रहेको गुनासो गर्दै यसको समाधानमा लाग्नु पर्ने बताउनु भएको छ ।
कार्यक्रममा एमाले लुम्बिनी प्रदेश सदस्य रामबहादुर राउतले बिकासका काममा ठाकुर गैरे सदैव लागेको बताउदै युवाहरुको कामका लागि आशाको दियो रहेको बताउनु भएको छ । कार्यक्रममा नेकपा एमाले जिल्ला सचिव रामजि पोखरेले ठाकुर गैरेले हरेक आन्दोलनमा मोर्चाको नेतृत्व गर्दै स्थापित भएका नेता भएको बताउदै उमेदवार ठाकुर गैरेको जितले एमालेको गरिमा बढाउने बताउनु भएको छ । कार्यक्रममा नेपाल बार पाल्पाका अध्यक्ष बिनोद कार्की , जिल्ला सदस्य झबिन्द्र रायमाझी , लगाएतले घरदैलोमा सहभागीता रहेको थियो । भोलिको कार्यक्रम रैनादेवी छहरा गाउँपालिकाका ७ बल्डेङ्गगढीमा घरदैलो कार्यक्रम रहेको नेकपा एमाले रैनादेवी छहरा गाउँ कमिटीका अध्यक्ष राम प्रसाद ज्ञवालीले बताउनु भयो ।


प्रकाशित : २०७९ कार्तिक १२ गते २१:१३

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology