पाल्पाबाट गोरखाको मनकामना दर्शनका लागि जान जादै गरेको बस नवलपुरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनमा परि केही जना घाईते भएका छन् ।
मनकामना दर्शनका लागि जान पाल्पा हुगि बाट जादै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटार गाउपालिका वडा नं. २ मथारमा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै ज्यान गएको बुलिङटार प्रहरीले जनाएको छ ।
विहान ४ वजे भएको दुर्घटनाका घाइतेहरुलाई उद्धार गरि चितवन  लैजाने   तयारी भैरहेको छ । घटनाका सम्वन्धमा थप विवरण आउन बाकि छ ।
    
    
    	
							
							
								 
									प्रकाशित :  २०७९ कार्तिक  १३ गते ७:०८
								
							 
							
						 
					 
    
    
    
    
    							 
						
Facebook Comment