राजनीतिक दुर्गन्ध पाल्पालीलाई स्वीकार्य छैनः एमाले नेता काफ्ले

Kandara News
प्रकाशित : २०७९ कार्तिक १४ गते २१:३९

पाल्पा १४ कार्तिक
नेकपा एमाले केन्द्रीय सदस्य एवम् युवा नेतृ सृर्जना काफ्लेले राजनीतिक दुर्गन्ध पाल्पालीलाई स्वीकार्य नभएको बताउनुभएको छ । राष्ट्रिय सैनिक तथा भुतपुर्व प्रहरी संगठन पाल्पाको प्रथम नगर अधिवेशन कार्यक्रममा बोल्दै नेतृ काफ्लेले पाल्पाबाट एमालेले नै पटक पटक मतदान गरि सत्तामा पु¥याएका व्यक्ति नै पुरातनवादी भएकै कारण उनीहरुबाट अव विकासको कुनै सम्भावना नरहेको बताउनुभयो । उहाँले विगतमा निर्वाचन जितेर
गएका जनप्रतिनिधिहरुले पाल्पाको विकासको प्राथमिकता के हो भनेर बुझ्न नसक्दा पाल्पाको समय सापेक्ष विकास हुन नसकेको बताउनुभयो । पाल्पा आफैमा पर्यटकीय गन्तव्यको रुपमा रहेपनि यसको समयअनुसार प्रवर्धन हुन नसकेको र यसका लागि दुरदर्शी नेताहरुबाट मात्र सम्भव रहेको बताउँदै
नेतृ काफ्लेले भन्नुभयो–“विकास नै हुने भए २५ वर्ष चुनाव जितेका, रातारात
गरि चुनाव जितेकाहरुबाट हुनपर्ने हो तर भएन । अहिलेको निर्वाचनमा मतदाताले सही व्यक्ति छान्नैपर्छ ।” अव पाल्पाको समग्र पर्यटन विकासको खाका अहिले एमालेबाट उम्मेदवार भएका व्यक्तिहरुसँग प्रष्ट रुपमा रहेकोले पनि एमाले उम्मेदवारहरुलाई विजयी गराउनुपर्ने काफ्लेको भनाई थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्य उम्मेदवार पाल्पा २ (१)का परशुराम भट्टराईले आफुले आफ्नो निर्वाचन क्षेत्र अन्र्तगतका दुई वटै पालिका र सबै वडाहरुमा पुगि मतदाताहरुसँग भेटघाट तथा अन्र्तक्रिया गरि विकासका योजनाहरुको खाका तयार गरेको बताउनुभयो । यहाँको शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार
लगायतका विषयमा अझ धेरै कामहरु गर्न बाँकी रहेकोले उक्त अभिभारा आफूले पूरा गर्ने भट्टराईले प्रतिबद्धता व्यक्त गर्नुभयो । नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले अहिले देशव्यापी रुपमा नै एमालेको माहोल राम्रो देखिएको र पाल्पा जिल्लामा एमालेका सबै उम्मेदवारहरुले बिजयी हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । “पहिलो पक्ष एमालेले अहिले जनअपेक्षा अनुसारका उम्मेदवार ल्याएको छ अर्को तर्फ एमालेको संगठन पाल्पामा बलियो छ त्यसकारण पनि एमाले उम्मेदवारहरुको बिजय पक्का छ ।”उहाँले भन्नुभयो । नेकपा एमाले तानसेन नगर कमिटि अध्यक्ष गुरास आत्रेयले एमाले उम्मेदवारहरुको बिजयका लागि सबै क्षेत्र लागिपरेको बताउनुभयो । संगठनका अध्यक्ष मुक्तिराम शर्माको अध्यक्षता, लक्ष्मण गोदारको स्वागत र सचिव मेश बोहोराको सञ्चालनमा कार्यक्रम चलेको थियो ।


प्रकाशित : २०७९ कार्तिक १४ गते २१:३९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology