क्लव स्तरिय भलिवल प्रतियोगितामा फ्रेनसीप क्लव चापाकोटले जित्यो छैटौ मण्डलीकपको उपाधी ।

Kandara News
प्रकाशित : २०७९ कार्तिक १९ गते २०:३७

क्लव स्तरिय भलिवल प्रतियोगितामा फ्रेनसीप क्लव चापाकोटले जित्यो छैटौ मण्डलीकपको उपाधी ।
क्लव सतरिय भलिवल प्रतियोगितामा फेनसीप क्लव चापाकोटले श्रीनगर क्लव तानसेनलाई ३-१ को सेट हराउदै प्रथम उपाधी जितेको छ । फ्रेनसीप क्लव संग हार बेहोरेको श्रीनगर क्लव तानसेन दोस्रो स्थानमा रह्यो ।
त्यस्तै मणिमुकन्द क्लवले आयोजक मण्डली स्पोर्ट्स क्लवलाई ३-० को सोझो सेटमा हाराउदै तृतिय स्थान हासिल गरेको छ । हार वेहोरेको आयोजक सन्तोनामा बन्यो ।
छटौ मण्डली क्लव प्रथम, द्धितिय ,तृतियले र सान्तोनाले क्रमशः एक लाख , ७० हजार , ४० हजार र २० हजार र मेडल र प्रमाणपत्र वितरण गरेको थियो । भलिवल खेल समापन कार्यक्रमका प्रमुख अथिती पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले क्लवको यो स्थानम सम्म खेलहरु खेलाएर पलिकाको नै गौरव बढाएको बताउनु भयो थापले खेल हेर्नेको यो उपस्थिति लाई व्यवस्थित बनाउन पालिकाले आवस्यक सगयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो । कार्यक्रममा जिला खेलकुद विकास मञ्चका पूर्व उपाध्यक्ष जीवन आचार्यले यस क्लवले खेलको माध्यम बाट विभिन्न क्षेत्रहरुमा चिनाउन सफल रहेको बताउदै विविन्न संघ संथा हरुसंग आफुले सकेको पहल गरेर यस क्लवको भौतिक व्यवस्थापनको लागि पहल गर्ने बताउनु भयो । कार्यक्रम मण्डली स्पोर्ट्स क्लवका अध्यक्ष अन्नत प्रसाद श्रेष्ठ को अध्यक्षतामा पूर्वखोला भलिवल संघका सचिब नवीन आचार्यको स्वागत मन्तव्य र मण्डली स्पोर्ट्स क्लवका सचिब कृष्ण पंगेनीको सांचालनमा भएको थियो ।


प्रकाशित : २०७९ कार्तिक १९ गते २०:३७

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology