मानव अधिकार तथा शान्ती समाज नवलपरासीको १२ औं अधिबेशन सम्पन्न ।

रबिन शर्मा चापागाईं
प्रकाशित : २०७९ कार्तिक २० गते १९:२८

मानव अधिकार तथा शान्ती समाज नवलपरासी (ब.सु.प) जिल्ला शाखाको २२ औं बार्षीक साधारण सभा तथा १२ औं अधिबेशन नवलपरासीको बर्दघाटमा सम्पन्न भएको छ ।
१२औं अधिवेशन बाट गणेश न्यौपानेको अध्यक्षतामा ११ सदस्य कार्यसमिती समेत गठन गरेको जसको उपसभापतिमा दिनेश न्यौपाने,सचिवमा शिव पौडेल,सह सचिवमा योगेन्द्र भट्टराई, कोषाध्यक्षमा डिक बहादुर पाण्डे सदस्यमा सानु माया भट्टराई, निवास यादव, श्रीधर तिवारी, संगीत सुबेदी, भोज राज पौडेल,देवी कँडेल चयन गरेको छ ।
मानवका अधिकार तथा समाजमा शान्ती स्थापनार्थ २०५३ जेठ १९ गतेका दिन स्थापना भएको संस्थाको ३९ वटा जिल्ला शाखा रहेका छन ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै सहभागीहरुले नवलपरासी जिल्लामा मानव अधिकारको रक्षा तथा समाजमा शान्ती स्थापना गर्न समाजको उल्लेखनिय भुमिका रहेको बताएका थिए । समाजले मानव अधिकारको साना साना कुराहरुमा समेत ध्यान दिनु पर्ने बक्ताहरुले जोड दिएका छन ।
कार्यक्रममा मानव अधिकार तथा शान्ती समाजका केन्द्रीय सभापति तथा प्रमुख अतिथी बिनोद खनालले हालको ब्यबस्था माथी प्रहार भईरहदा ब्यबस्था नै खतरामा परेको र ब्यबस्था जोगाउनको लागि नागरिक समाज बौद्धिक ब्यक्तित्व लगायत हरेक नगरिक सचेत रहनुपर्ने बताए ।
,मानव अधिकारलाई संस्थागत गर्नको निम्ति जनताले प्राप्त गरेको परिवर्तनलाई स्थायित्व गराउन, देशका हरेक राजनितिक दलहरुलाई बलियो बनाउनको निम्ति नागरिक समाजलाई पनि बलियो बनाउनु पर्ने साथैलोकतन्त्रलाई बचाउनको लागि खबरदारी गर्नु पर्ने र निर्वाचनलाई शान्तीपुर्ण रूपमा सम्पन्न हुनुपर्ने बताउनुभयो साथै यस बर्षको केन्द्रीय अधिबेशन समेत नवलपरासीको आतिथ्यतामा हुनु बताउनु भयो ।
मानव अधिकार तथा शान्ती समाज नवलपरासीका पुर्व सभापती ,कुलदिप प्रसाद आचार्य केन्द्रीय सदस्य कृष्णनारायण श्रेष्ठ ,बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ लगायतको मन्तब्य रहेको कार्यक्रममा समाजका उपाध्यक्ष दिनेश न्यौपाने र सभापति सन्तोष अधिकारीको अध्यक्षता र सचिव गणेश न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७९ कार्तिक २० गते १९:२८

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology