रामपुर- ताहुँ – आर्य सडकखण्ड स्तर उन्नती गर्न पहल गर्ने – एमाले उम्मेदवार आचार्य

Kandara News
प्रकाशित : २०७९ कार्तिक २१ गते १८:५४

पाल्पा २१ कार्तिक
पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार नारायणप्रसाद आचार्यले आफू निर्वाचित भएपछि सिंगो जिल्लाको विकासका लागि कुनै कसुर बाँकी नराख्ने बताउनु भएको छ । एमाले उम्मेदवार आचार्यले निस्दी गाउँपालिकाको वडा नंं १ वाकामलाङ्का जनता संग घरदैलो तथा टोलभेला गर्दै पुर्वी पाल्पाको विकासमा एमाले महत्वपुर्ण योगदान रहेको बताउनु भयो । आफु सांसदमा निर्वाचित भएमा रामपुर आर्यभञ्ज्याङ तानसेन सडक चाडो स्तर उन्नतीको लागी पहल गर्ने बताउनु भयो ।
वाकामलाङ्को खानेपानी, विधुत समस्या लाई समाधान गर्नको लागी प्रदेश सभा बाट सक्रिय भुमिका निर्वाह गर्ने पाल्पा क्षेत्र नंं १ १ का एमाले प्रदेशसभा सदस्य उम्मेदवार राजु प्रसाद श्रेष्ठले बताउनु भयो । रामपुर निस्दीको समग्र विकासको लागी आफुले काम गर्ने प्रदेशसभा सदस्य श्रेष्ठले बताउनु भयो ।
पाल्पा क्षेत्र नंं १ २ का प्रदेश सभा सदस्य उम्मेदवार खेम बहादुर सारुले तानसेन नगरपालिक वडा नंं ८ मदनपोखरा, नयाँ पाटी क्षेत्रमा घरदैलो गर्नुभएको छ । घरदैलोको क्रममा मदनपोखराबासीले वडाका भित्री सडकहरु स्तरउन्नती हुनु पर्ने, मदनपोखरा क्षेत्र लाई जिल्लाकै नमुना तरकारी उत्पादन पकेट क्षेत्रको रुपमा विकास गर्नुपर्ने माग राखेको आफु प्रदेशसभा निर्वाचित भएपछि जनताका सुझावहरु कार्यान्वयनको लागी पहल गर्ने उम्मेदवार सारुले बताउनु भयो ।


प्रकाशित : २०७९ कार्तिक २१ गते १८:५४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology